विहिवार मध्यान्हसम्म ३ स्थानमा बाम गठबन्धन विजयी, २ मा एमाले १ मा माओवादी

184 Hits

काठमाडौं, २२ मंसीर ।
मंसीर १० गते निर्वाचन सम्पन्न भएका २२ जिल्लाका मतगण्नाको प्रारम्भीक नतीजा सार्वजनीक हुने क्रम शुरु भएको छ । घोषणा गरिएका स्थानहरुमा ३ स्थानमा बाम गठबन्धनका उमेदवारहरुले विजय हासिल गरेका छन् ।
त्यसमध्ये नेकपा एमालेले प्रतिनिधिसभाका २ स्थान जितेको छ भने नेकपा माओबादी केन्द्रले एक स्थानमा जित हासिल गरेको छ । मुस्ताङमा नेकपा एमालेका प्रेम तुलाचनले ३ हजार ५ सय ४४ मतका साथ विजय प्राप्त गरेका छन् भने मनाङबाट नेकपा एमालेका पोल्देन छेपाङ गुरुङ २३०० मत प्राप्त गरेर विजयी बनेका छन् । तुलाचनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत प्राप्त गरेका छन । २०७० सालको निर्वाचनमा काँग्रेसले टिकट नदिएपछि पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिदै निकटतम प्रतिद्धन्दी बनेका तुलाचनले यसपटक भने एमालेबाट उठेर बाजी मारेका हुन । यसैगरी मनांगका विजयी उम्मेदवार पाल्देनका निकटतम प्रतिद्धन्दी कांग्रेसका टेक वहादुर गुरुङले २०२१ मत पाएका छन् ।
त्यसैगरी रुकुम पूर्वमा माओबादी केन्द्रकी ेतृ कमला रोका १६ हजार ९ सय ३८ मतसहित विजयी बनेकी छिन् । उनका प्रतिद्धन्दी निवर्तमान सांसद समेत रहेका काँग्रेसका हरिशंकर घर्तिमगरले जम्मा ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन् ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी