लमजुङमा प्रतिनिधि र प्रदेश सभामा वाम गठबन्धनको अग्रता

142 Hits

लमजुङ,
लमजुङमा प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् ।
प्रतिनिधि सभामा १४ हजार ८१६ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ६ हजार ९४७ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ६ हजार ९१४ मतले पच्छ्याईरहेका छन् ।

यस्तै प्रदेश सभा क र ख दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रदेश सभा क मा ७ हजार ५१३ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार धनन्ञ्जय दवाडीले ४ हजार ३९३ मतले अग्रता लिएका छन् । दवाडीलाई कांग्रेस उम्मेद्वार गर्जबहादुर गुरुङले २ हजार ९०६ मतले पच्छाएका छन् ।

प्रदेश सभा ९ख० मा पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । काँग्रेसका कृष्णप्रसाद कोइरालालाई पछी पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । गुरुङले ३ हजार ९०३ मत ल्याउँदा कोइरालाले ३ हजार ५४५ मत ल्याएका छन् ।

एक प्रतिनिधि र दुई प्रदेश सभा रहेको लमजुङका एकलाख १५ हजार ४४९ मतदाता रहेकोमा ७७ हजार ३४० जनाले मतदान गरेका थिए । प्रदेश सभा ‘क’ मा ३६ हजार ६८ र प्रदेश सभा ‘ख’ मा ४१ हजार २७२ मत खसेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी