मतदातालाई धन्यवाद दिंदै प्रचण्डले भने-‘राष्ट्रको प्रगति र संवृद्धिका लागि जुटौं’

96 Hits

काठमाडौं, २१ मंसीर
नेकपा माओवादी केनद्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाई मतदान गर्ने देशभरका मतदातालाई धन्यवाद दिएका छन् ।
अध्यक्ष प्रचण्डले आज साँझ निर्वाचन सम्पन्न भएपछि एक विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न पार्न सहयोग पुर्याउने सम्पूर्ण पक्षलाई धन्यवाद दिंदै आभार व्यक्त गरेका छन् ।
विज्ञप्तिमा प्रचण्डले निर्वाचन केही अपवादबाहेक निर्वाचन पूर्णरुपमा शान्तिपूर्ण सम्पन्न भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, प्रदेश र प्रतिनिधिसभाको ऐतिहासिक निर्वाचन सामान्य अपवादबाहेक अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।
तयसैगरी विज्ञप्तिमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको यो पहिलो ऐतिहासिक निर्वाचनले देशमा राजनीतिक स्थायित्व र आर्थिक संवृद्धिको बाटो फराकिलो पार्नेमा विश्वस्त रहेको प्रचण्डले बताएका छन् ।
निर्वाचनमा उल्लासमय सहभागिताबाट नेपाली जनताले समावेशी लोकतन्त्रप्रतिको निष्ठासँगै आफ्नो सम्प्रभुता र निर्णय क्षमता पनि शानदार ढंगले प्रमाणित गरेको उल्लेख गर्दै विज्ञप्तिमा निर्वाचनका लागि अहोरात्र खटिएका सबै राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सञ्चारजगतसँगै अन्तर्राष्ट्रिय समुदायप्रति पनि धन्यवाद र आभार व्यक्त गरिएको छ । विज्ञप्तिको अन्त्यमा प्रचण्डले भनेका छन् यो निर्वाचनको सफलतासँगै राष्ट्रको प्रगति र संवृद्धिका लागि हामी सबै एकजुट हुनेमा म विश्वस्त छु ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी