४५ जिल्लामा ६७ % मत खस्यो, संचार माध्यमलाई विशेष धन्यवाद : आयोग

174 Hits

काठमाडौं, २१ मंसीर
निर्वाचन आयोगले देश भर ६७ प्रतिशत मत खसको जनाएको छ । आज ४५ जिल्लामा विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको प्रतिनिधि सभा र प्रदेश सभको निर्वाचनमा ६७ प्रतिशत मत खसेको जानकारी प्रमूख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले दिएका हुन् ।
निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको र यो आँकडा अझै बढ्नसक्ने आयोगले जनाएको छ ।

निर्वाचन अयोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ ।

अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्ध गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगले निर्वाचन शान्तिपूर्ण रपले सम्पन्न भएको दावी गरेको छ र खुशी व्यक्त गदै सफल पार्न सहयोग गर्ने संचार माध्यमलार्य विशेष धन्यवा दिएको छ । त्यसैगरी आयोगले त मंसीर १० गते सम्पन्न भएको निर्वाचनको मत गणना शुरु गरिएको पनि जानकारी दिएको छ ।

 

निर्वाचन अायाेगबाट लाइभ:-

Posted by OnlineKhabar on Thursday, December 7, 2017

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी