कतै चासो चुनावको, कतै प्रतिक्षा परिणामको

164 Hits

काठमाडौं, २१ मंसीर ।
आज मंसीर २१ गते । नेपालको इतिहासमा पुनर्सरचित प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमार्फत जारी एक दशक भन्दा धेरै लामो राजनीतिक संक्रमणकालको अन्त्य हुने प्रक्रियाको शुरुवातको दिन ।

आज देशका ४५ जिल्लामा मतदानको क्रम चलिरहेको छ । यस अघि हिमालि र उच्च पहाडि भेगका २२ जिल्लामा मतदान सम्पन्न भइसकेको छ । जसको परिणाम अझै आएको छैन । १० दिनदेखि आफूले हालेको मतको परिणामको प्रतिक्षमा त्यस भेगका मतदाता, राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवारहरु बसिरहेका छन् । अत्यन्त सुरक्षाका साथ मतपेटिकाको सुरक्षा गरिरहेका छन् ।
राजनीतिक दलका प्रतिनिधिहरु दिन रात अहोरात्र १० दिनदेखि मतपेटिका कुरेर बसिरहेका छन् । एकातिर देशैभर चुनावमा मतदानको माहौल छ भने अर्कातिर मतपेटिकामा खसेको मतको सुरक्षा गर्न दलका कार्यकर्ताहरु प्रतिबद्ध भएर बसिरहेका छन् ।

मंसीर १० गते निर्वाचन सम्पन्न भएका जिल्लाहरुमा मतगणना गर्न सिसि क्यामरा जडान गरी तार जालीले घेरिएका मतगणना स्थलहरु निर्माण गरिसकीएको छ । आजै साँझ ५ बजेपछि मतगणना अघि बढाइने जानकारी निर्वाचन अधिकृतहरुले दिइसकेका छन् । निर्वाचन आयोगले पहिले प्रत्यक्ष तर्फको मतगणना गरिसकेपछि समानुपातिक तर्फको मतगणना गर्ने बताईसकेको छ । आयोगले प्रत्यक्ष तर्फको मत परिणाम ४ दिन भित्र बाहिर ल्याइसक्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी