आज ४५ जिल्लामा दोश्रो चरणको निर्वाचन, विहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म मतदान

93 Hits

काठमाडौं, २१ मंसीर ।
प्रतनिधि सभा र प्रदेश सभाको दोश्रो चरणको निर्वाचन आज सम्पन्न हुँदैछ । ४५ जिल्लामा हुन लागेको यो निर्वाचनमा एक सय २८ जना प्रतिनिधिसभा सदस्य र २ सय ५६ जना प्रदेशसभा सदस्य निर्वाचित हनेछन् ।
विहान ७ बजेबाट मतदान शुरु भई साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले बताएको छ ।
निर्वाचन आयोगले ढुक्क भएर मतदान गर्न मतदतालाई आग्रह गरेको छ भने सरकारले पनि निर्धक भएर मतदानमा सहभागि हुन आग्रह गरेको छ ।
१ करोड २२ लाख बढि मतदाताले भाग लिने आजको निर्वाचनमा प्रतिनिधि सभाको लागि २८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आजको निर्वाचनले कुल एक सय ६५ प्रतिनिधिसभा सदस्य मध्य ३७ स्थानको निर्वाचन पहिलो चरणमा मंसिर १० गते हिमाली भेगका सम्पन्न भईसकेको छ । दुवै चरणका निर्वाचनको मत गणना आजै साँझबाट शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
संविधानसभाबाट बनेको नयाँ संवैधानिक व्यवस्था अनुसार २०७४ माघ ७ गतेभित्र तीन तह९स्थानीय तह, संघ र प्रदेश० को निर्वाचन सम्पन्न गरिसक्नु पर्ने छ । मौसमी प्रतिकुलताका कारण मंसिर भन्दा पछि नेपालमा चुनाव गर्न कठिन भएकाले सरकारले मंसिर १० र २१ गते चुनाव गर्ने निर्णय गरेको थियो ।
आजको र्निाचनमा नेका माओवादी केन्द्र र एमालेसहितको बाम गठबन्धन र नेपाल िकांग्रेस सराप्रपा सहितको लोकतान्त्रीक गठबन्धन मुख्य प्रतिस्पर्धामा देखिएका छन् । त्यसैगरी मधेशी मोर्चाको आफ्नै उपस्थिति रहने छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी