लमजुङ र कास्कीको सिमानाबाट घरेलु हतियारसहित चार जना पक्राउ

145 Hits

लमजुङ/

लमजुङ र कास्कीको सिमानाबाट घरेलु हतियारसहित चार जना पक्राउ परेका छन्।

मध्यनेपाल नगरपालिका–७ रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो। सीमा सुरक्षा जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको भोर्लेटार इलाका प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुको साथबाट खुकुरीसहित दुई लिटर पेट्रोल, एउटै झोलाबाट कांग्रेस र वाम गठबन्धनको झन्डासमेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा सुन्दरबजार–९ भोटेओडारका रमेश कार्की, कास्की रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाल छन्। उनीहरुबारे आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ। रासस

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी