देशभर बम विष्फोट लगायतका आतंकको जिम्मेवार विप्लव पार्टी : प्रहरी

138 Hits

काठमाडौं, २० मंसिर ।
प्रहरीले देशभर भइरहेका बम विष्फोट लगायतका आतंकको जिम्मेवार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नै भएको निश्कर्ष निकालेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको समयमा भइरहेका श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरुमा विप्लव समूह नै संलग्न रहेको प्रहरीको निष्कर्ष रहेको बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डीआइजी मनोज न्यौपानेले विष्फोटका घटनाहरुमा विप्लव समूहकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

प्रहरीका अनुसार विष्फोटसहितका निर्वाचनविरोधी गतिविधिमा संलग्न विप्लवका ६ सयजना कार्यकर्ता समेत पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी निर्वाचनविरोधी गतिविधिमा संलग्न सिके राउतका १३ जना कार्यकर्ता समेत पक्राउ परेका पनि प्रहरीले जनाएको छ ।
प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको बताइरहँदा र विप्लव माओवादीका ६ सय पक्राउ परेको सार्वजनीक गरिहँदा पनि देशभर विष्फोटका घटनाहरु भने भइनै रहेकाले मतदातामा त्रास कायमै छ ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक नेउपानेले पहिलो चरणको निर्वाचनमा भएको सुरक्षा व्यवस्थाबारे चर्चा गर्दै उक्त निर्वाचनका क्रममा संचारकर्मीहरुबाट प्रेसित समाचारले सुरक्षा व्यवस्थामा पुरयाएको सकारात्मक सन्देश र सहयोगप्रति आभार गरेका थिए।
पत्रकार सम्मेलनमा दोस्रो चरणको निर्वाचन सुरक्षा सम्बन्धमा जानकारी दिँदै उनले मतदानस्थलमा सुरक्षा संवेदनशीलताको आधारमा जनशक्ति, हातहतियार तथा साधनस्रोतको परिचालन गरिएको बताए ।
प्रहरीको कुल जनशक्तिको ९० प्रतिशत भन्दा वढि जनशक्ति निर्वाचन सुरक्षाको लागि परिचालन गरीएको उनले बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी