जानीराखौं, चुनावको दिन (भोली) यस्तो हुनेछ मौसम, पश्चिमी भेगमा हल्का वर्षा

155 Hits

काठमाडौं, २० मंसीर ।

मंसीर २१ गते अर्थात भोली देशका ४५ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । हिजोदेखि देशैभर चिसो बढिरहेको छ भने हिमालि जिल्लारुमा हिमपातको सम्भावना बढेको छ । विशेष गरी मध्य पहाडि र तराई क्षेत्रका जिल्ला र क्षेत्रहरुमा हुन लागेको निर्वाचनमा मौसमले पनि ठूलो प्भाव पाने देखिन्छ ।

मौसम पुर्वानुमान विभागका अनुसार भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवात “OCKHI” को प्रभावले देशको पच्छिम क्षेत्रमा बदलि रहेको छ भने देशको मध्य क्षेत्रमा सामान्य देखि आंशिक बदलिको अवस्था रहेको छ | भोली देशभर केही चिसो बढेतापनि प्रदेश नं १, २ र ३ मा वर्ष भने नहुने जनाएको छ । तर प्रदेश ४, ५, ६ र ७ मा भने हल्का वर्ष हुने जनाएको छ ।
चिसो मौसम त्यसमा पनि वर्ष भयो भने त्यसले मतदाताहरुलाई निर्वाचनमा जान आउन असजिलो हुने देखिन्छ । तसर्थ मतदाताले आफ्नो लागि जाडो ढाक्ने कपडा देखि वर्षादी र छाताहरुको व्यबस्था गर्नुपर्ने देखिन्छ ।


यस्तो छ देशभर मंसीर २१ गते को मौसमी अवस्था हेर्नुहोस

प्रदेश १ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग 
  गएको २४ घण्टाको मौसमि विवरण आंशिक बदली रहेको |
भोलीको लागि मौसम पूर्वानुमान सामान्य वदलीको संभावना छ |
तापक्रमको ट्रेण्ड अधिकतम तापक्रम केही घट्ने देखिन्छ ।
वर्षाको संभाब्यता वर्षा हुने सम्भावना छैन |
आगामि ७२ घण्टाको पूर्वानुमान २१ र २२ गते सामान्यतया आंशिक बदली हुने संभावना छ |

 

प्रदेश २ अन्तर्गत पर्ने तराई भू-भाग
  गएको २४ घण्टाको मौसमि विवरण सामान्यतया सफा रहेको |
भोलीको लागि मौसम पूर्वानुमान आंशिक वदलीको संभावना छ |
तापक्रमको ट्रेण्ड अधिकतम तापक्रम केही घट्ने देखिन्छ ।
वर्षाको संभाब्यता वर्षा हुने सम्भावना छैन
आगामि ७२ घण्टाको पूर्वानुमान २१ र २२ गते  सामान्यतया आंशिक बदली हुने संभावना छ |

 

प्रदेश ३ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग
  गएको २४ घण्टाको मौसमि विवरण सामान्यतया बदली रहेको |
भोलिको लागि मौसम पूर्वानुमान सामान्यतया वदलीको संभावना छ |
तापक्रमको ट्रेण्ड अधिकतम तापक्रम केहि घट्ने देखिन्छ ।
वर्षाको संभाब्यता वर्षा हुने सम्भावना छैन |
आगामि ७२ घण्टाको पूर्वानुमान २१ र २२ गते आंशिक बदलीको संभावना छ|

 

 

प्रदेश ४, प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ अन्तर्गत पर्ने तराई तथा पहाडी भू-भाग
  गएको २४ घण्टाको मौसमि विवरण पूर्णतया बदलि रहेको |
भोलिको लागि मौसम पूर्वानुमान पूर्णतया वदलीको संभावना छ |
तापक्रमको ट्रेण्ड अधिकतम तापक्रम केहि घट्ने देखिन्छ।
वर्षाको संभाब्यता केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ |
आगामि ७२ घण्टाको पूर्वानुमान २१ गते  सामान्यतया बदली भै थोरै स्थानमा हल्का वर्षा हुने संभावना छ र २२ गते सामान्यतया मौसम सफा रहने छ |
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी