भोट हाल्न जाने बढेपछि राजधानी सुनसान, दैनिक २५ हजार बढि बाहिरीए

71 Hits

काठमाडौं, २० मंसीर
मंसीर २१ गते ४५ जिल्लामा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मत हाल्न जाने मतदाताहरु काठमाडौंबाट बाहिरीने क्रम बढेसँगै राजधानी सुनसान जस्तो हुन पुगेको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निर्वाचनका लागि झन्डै दुई साताको अवधिमा उपत्यकाबाट साढे चार लाख मतदाता बाहिरिएका छन् ।

पहिलो चरणको निर्वाचनको तुलनामा अहिले बाहिरिनेको संख्या निकै कम छ । यसअघि, पहिलो चरणमा झन्डै आठ लाख मतदाता काठमाडौंबाट बाहिरिएका थिए । पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन भएको थियो ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका केही मतदाताहरूले समेत पहिलो चरणको निर्वाचनअगावै काठमाडौं छाडेकाले यसपटक बाहिरिने मतदाताहरूको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ ।

विभिन्न पेशा व्यवससायमा संलग्न हुन काठमाडौ. आएर बसेकाहरुको मतदाता नामावली आफ्नै गृहजिल्लामा भएकाले गर्दा उनीहरु बाहिरीएका हुन् ।
काठमाडौ.का नयाँ बसपार्क, कलंकी, कोटेश्वर र बल्खुमा उपत्याका बाहीर जानेको भिड देख्न सकिन्छ ।
पछिल्लो एक साताको समयावधिमा मात्रै दुई लाख मतदाता बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ‘सामान्य रूपमा दैनिक १२ देखि १८ हजार यात्रुले गाडीमार्फत यात्रा गर्ने गरेकामा निर्वाचनको प्रयोजनका लागि अहिले दैनिक २६ हजारसम्मले यात्रा गरेका छन् ।

बुधबार मध्यरातिदेखि सवारी बन्द
आज राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म उपत्यकासहित निर्वाचन हुने ४५ जिल्लामा सवारी आवागमन बन्द हुने भएको छ ।

आउने गाडि खाली बाहिरीने प्याक
निर्वाचनको लागि जिल्लाहरुमा जाने यात्रु बढेसँगै काठमाडौं आउने यात्रु भने पाइन छाडेको छ । काठमाडौ.बाट सबै गाडिहरु रिजर्भ गरेर मतदाता ओसार्ने काममा प्रयोग भउका छन् भने काठमाडौ आउँदा रित्तै आउने गरेका छन् । निर्वाचनको प्रयोजनको लािग भन्दे दैनिक एक टिप गर्ने बसहरु अलिे दुई टिप सम्म गर्ने गरेका पोखरा काठमाडौं यात्रु बस चालकहरु बताउँछन् ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी