बार्सिलोना र स्पोर्टिङबीच भिडन्त, बार्सिलोना जित्नैपर्ने दबाबमा

170 Hits

काठमाडौं, १९ मंसीर
युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज बार्सिलोना र स्पोर्टिङबीच खेल हुँदैछ । जित्नै पर्ने बाध्यता रहेको बार्सिलोनाले आज समूह चरणको अन्तिम खेल खेल्न पोर्चुगिज क्लब स्पोर्टिङ गिजोनलाई आफ्नो घरमा आमन्त्रण गर्दैछ ।

बार्सिलोना र ओलम्पियाकोसीचको खेल नेपाली समयअनुासर आज राति ९बुधबार बिहानीपख० १ः३० बजेबाट सुरु हुनेछ ।

बार्सिलोना अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताको अन्तिम १६ मा पुगिसकेको छ । तसर्थ आज उसका लागि भने यो खेल औपचारिकता मात्र हुनेछ ।

तर, स्पोर्टिङ भने बार्सिलोनालाई उसकै घरमा हराएर अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राख्न चाहन्छ । स्पोटिङसामु अझै पनि अंकगािण्तीय रूपमा अन्तिम १६ मा पुग्ने झिनो आशा कायमै छ ।
आजको खेल जितेर बार्सिलोना समूह विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनाउन चाहन्छ । यसअघि भएका पाँच प्रतियोगिताका छनौट चरणमा भएका खेलमा बार्सिलनाले तीन खेल जितेर दुई खेलमा बराबरीमा चित्त बुझाएको छ ।

समूह ‘डी’मा रहेको बार्सिलोना पाँच खेलबाट ११ अंक लिई शीर्ष स्थानमा बसेको छ । उता, युभेन्टसको खातामा ८ अंक हुँदा तेस्रो स्थानको स्पोर्टिङको ७ र पुछारको ओलम्पियाकोसको खातामा मात्रै १ अंक छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी