मौन अवधिमा उम्मेदवारलक्षीत आक्रमण बढ्दो, एकै रातमा ३ लाई आक्रमण

70 Hits

काठमाडौं, १९ मंसीर
निर्वाचन आउन ४८ घण्टा बाँकी रहँदा निर्वाचन आयोगले मौन अवधि शुरु भएको जनाए लगत्तै उम्मेदवार लक्षीत आक्रमणका घटना बढेका छन् ।
एकै रातमा ४ जना उम्मेदवार लक्षीत आक्रमण भएका छन् ।
डडेलधुरा जिल्लामा वाम गठवन्धनका उम्मेदवार खगराज भट्टलाई लक्षित गरेर बम विष्फोट गराइएको छ । जिल्ला प्रहरीका अनुसार गत राति अज्ञात समूहले भट्टलाई लक्षित गरेर बम विष्फोट गराएको जनाएको छ ।

जोगबुढाको चुनावी सभालाई सम्बोधन गरेर फर्कँदै गर्दा आलिताल गाउँपालिका–८, मौरियामा अज्ञात समूहले नेता भट्टलाई ताकेर बम विष्फोट गराएको थियो ।तर, बम विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
त्यसैगरी कन्चनपुर क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिकाअन्तर्गत भासीमा पर्ने घरनजिकै अज्ञात समूहले बम विस्फोट गराएको छ । गएराती भएको सो विस्फोटबाट उम्मेदवार लेखकको घरमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कैलाली ४ मा माओवादी उम्मेदवार लेखराज भट्टको घरको गेटमा बम विष्फोट गराइएको छ । मौन अवधिको समयमा उम्मेदवारहरुमाथि लक्षीत गरी आक्राणका घटना बढाइनुले मतदातामा त्रास उत्पन्न भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी