भारतीय चर्चीत अभिनेता शशीकपूरको ७९ बर्षको उमेरमा निधन

230 Hits

नयाँ दिल्ली, मंसिर  ।

भारतीय सिनेमा जगतका अत्यन्तै चर्चीत र सफल अभिनेता शशीकपूरको ७९ बर्षको उमेरमा सोमबार निधन भएको छ ।
शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी थिए ।

शशीकपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गरेका थिए । उनले इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए ।

कपुरको आज मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उहाँका दुई छोरा र एक छोरी छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी