सोलुखुम्बुमा अत्यधिक चिसो, विस्तारै सुनसान हुँदै खुम्बु

159 Hits

 

विवश कुलुङ

सोलुखुम्बु, मङ्सिर  ।

केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल विस्तारै सुनसान हुँदैजान थालेको छ ।

सिजनमा एकैपटक पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौ धौ बनेका होटल व्यवसायी हिजोआज फुर्सदिला बनेका छन् भने कतिपय होटल व्यवसायीले होटलसमेत बन्द गरेर काठमाडाँै गएका छन् ।  अहिले त पर्यटक खासै छैनन्, सिजनमा टनाटन भरिएका होटल अहिले रित्तै भएका छन्, खुम्बु साईबरका सञ्चालक युवाश तामाङले भन्नुभयो ।

अत्यधिक चिसो बढेकाले खुम्बु आएका पर्यटक क्रमशः फर्कन थालेपछि सोलुखुम्बुको मुख्य पर्यटकीयस्थल सुनसान बन्दै जान थालेका हुन् ।  सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेस्ट बेस क्याम्प लगायतमा अहिले पर्यटकको चहलपहल हुन छाडेको छ ।

केही दिन अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा पर्यटक भरियाको ताँतीले गर्दा आवातजावतसमेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा हिजो आज एक÷दुईजना पर्यटकभन्दा अन्य भेटिन छाडेका छन् ।  khumbu
पर्यटकको मुख्य सिजन मानिने कात्तिकको मध्यतिर एकैदिन पाँच सयको हाराहारीमा पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले दैनिक ३०÷४० जनाको दरले आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चेका सूचना अधिकारी मानबहादुर खड्काले बताउनुभयो ।  सोलुखुम्बुमा यसवर्ष गत वर्षको तुलनामा धेरै पर्यटक आएको व्यवसायीको आङ्कलन छ ।

यस वर्ष हरेक महिनामा खुम्बु प्रवेश गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उनीहरूको अनुमान छ ।  अघिल्ला वर्षहरूमा जस्तो लामो समयसम्म मौसमले धोका नदिएको उनीहरू बताउँछन् ।  सन् २०१८ सुरु हुन अझै केही दिन बाँकी रहेकाले अघिल्लो वर्षको रेकर्ड तोडिन सक्ने सगरमाथा प्रवेशद्वारका कर्मचारी बताउँछन् ।

विश्व सम्पदाभित्र पर्ने सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र, विश्वको आकर्षक दस पर्यटन गन्तव्य भित्र पर्दछ ।  सगरमाथा लगायत विभिन्न हिमाल, कस्तुरी मृग, डाँफे जस्ता दुर्लभ वन्यजन्तुको प्रत्यक्ष अवलोकन र विभिन्न हिमतालले यो क्षेत्र विश्वमै प्रसिद्ध छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी