सोमवार रातीदेखि मौन अवधि शुरु, आचार संहिता पालना गर्न आयोगको आग्रह

125 Hits

सोमवार रातीदेखि मौन अवधि शुरु, आचार संहिता पालना गर्न आयोगको आग्रह
काठमाडौं, १९ मंसीर
प्रतिनिधि सभा र प्रदेश सभाको दोश्रो चरणको निर्वाचनको लागि मौन अवधि शुरु भएको छ । निर्वाचन हुने दिन मंसीर २१ गते आउनु ४८ घण्टा अघि सोमवार राती १२ बजेबाट मौन अवधि शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा उम्मेदवार लगायतले निर्वाचन आचर संहिता पूर्णरुपमा पालना गर्नुपर्ने हुन्छ ।
मौन अवधिमा उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउँदैनन् । चुनाव चिनह प्रदर्शन गर्न र उम्मेदवारको उपस्थितिमा प्रचार प्रसार गर्न पाइदैन । त्यसै गरी मतदान केन्द्र भन्दा ३० मिटर वरिपरि प्रचार प्रसारका कुनैपनि सामग्री भएमा हटाइदिनुपर्ने हुन्छ ।

भारतसँग जोडिएका सिमा नाका ३ दिन बन्द

निर्वाचनको सुरक्षा र स्च्छतालाई कायम राख्न सरकराले भारतसँग सिमा जोडिएका सबै नाका ३ दिनका लागि बन्द गरेको छ । ४५ जिल्लामा मंसीर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षीत गरी सिमा नाकाहरु बन्द गरिएको गृहमन्त्रालयले जनाएको छ ।

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी