ललितपुर १ ‘क’ मा ढुक्क लालकुमारी

106 Hits

ललितपुर, १८ मंसीर/

ललितपुर १ को क मा उम्मेदवार बनेकी माओवादी केन्द्की नेतृ लालकुमारी पुन आफू विजयी हुनेमा ढुक्क देखिएकी छिन् । बाम गठबन्धनबाट साझा उम्मेदवारको रपमा मैदानमा आएकी पुन जन्मथलो रोल्पा भएता पनि जनयुद्धको सिलसिलामा काठमाडौं आएको र त्यपछि लगातार ललितपुरमै बसेर राजनीतिमा होमीएको बताउँछीन् ।

उनी आफूले चुनाव जित्ने निश्चित भइसकेको दावी गर्दै अब विकासका एजेण्डामा केन्द्रीत हुन थालेको बताउँछीन् । उनी भन्छीन्( ‘ललितपुरवासीले वाम गठबन्धनलाई जिताउने निश्चित भईसक्यो । केवल जनमतको कदर गर्दै भविष्यमा ललितपुरको समृद्धि र विकास कसरी गर्ने भन्ने योजना निर्माणतिर अव मेरो ध्यान केन्द्रीत हुनथालिसक्यो/

ललितपुर क्षेत्र नम्बर १ ‘क’मा वाम गठबन्धनकी उम्मेदवार पुनको मुख्य प्रतिस्पर्धीको रुपमा कांग्रेसका ऋषिराम घिमिरे छन् । दुईपटकसम्म गाविस अध्यक्ष भएका कारण आफूले जित्ने दावी घिमिरेको छ ।

माओवादी केन्द्रकी नेतासेतरहेकी पुन र कांग्रेसका घिमिरेबीच प्रतिस्पर्धा देखिएपनि पुनले नै बाजी मार्ने सम्भावना बढेको स्थानिय मतदाता बताउँछन् । पुन राजधानीको जिल्ला भएपनि ललितपुर विकासका दृष्टिले कर्णालीको नियति भोग्न बाध्य रहेको भन्दै दक्षिण लालितपुरको विकास र समृद्धिले मात्र सिंगो ललितपुरको वास्तविक न्याय हुने धारणा राख्दछीन् । स्थानीय प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग र परिचालन गर्दै आधुनिक कृषि, पर्यटन उद्योगको प्रयोगबाट नै ललिपुरलाई समृद्ध बनाउन सकिने उनको भनाई छ ।

कांग्रेसका उम्मेदवार घिमिरेले पुर्वाधार विकास गर्दै जनतालाई आधुनिक र विकसित आर्थिक समृद्धिका मोडलहरु सिकाएर मात्र नै समृद्धि हाँसिल गर्न सकिने योजना र सोच आफुसँग भएको बताउँछन् । उनले आफ्नो ध्यान सडक योजनाहरुलाई पूर्णता दिनेतर्फ रहेको बताए । आफूले पहिले पनि दुईपटकसम्म गाविस अध्यक्ष भएर ललितपुरको विकासमा सहभागि भएका नाताले यसको निरन्तरता दिन आफू एकमात्र योग्य उम्मेदवार भएको उनी दाबी गर्छन् ।

ललितपुर–१ क मा संघीय समाजवादी फोरमका रामबहादुर स्यङ्तान, राप्रपाका मधुसूदन दाहाल र दुई स्वतन्त्र उम्मेदवार गरी ८ जना उम्मेदवार प्रतिष्पर्धामा छन । ललितपुर– १ ‘ख’मा वाम गठबन्धनको तर्फबाट चेतनाथ सञ्जेल र कांग्रेसका तर्फबाट मीनकृष्ण महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी