जातियता र क्षेत्रीयतावादी राजनीति गरेर मधेसको समृद्धि हुँदैन -गिरिराजमणि पोखरेल

117 Hits

महोत्तरी, १८ मंसिर/

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा बिना बिभागिय मन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले जातियता र क्षेत्रीयतावादी राजनीति गरेर मधेसको समृद्धि नहुने बताउनु भएको छ ।

मधेस को नाउँमा पृथकतावादी राजनीति गर्नेहरुले जात र रङको आधारमा मधेसी जनतालाइ फुटाउन र जुधाउन खोजेको पोखरेलले आरोप लगाउनुभयो । बाम गठबन्धनको आयोजनामा महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ अन्तर्गतको भङगाहा नगरपालिका वडा नम्बर -५ को सितापुर बजारमा आयोजित बिशेष सास्कृतिक सभालाई सम्बोधन गर्दै पोखरेलले मधेस तराईको विकासका लागि बिशेष कार्यक्रम ल्याउने उद्घोष गर्नुभएको छ ।

मधेसको विकासमा आफू निरन्तर कृयाशिल रहेको प्रष्ट पार्दै पोखरेलले चुनावको बेलामा मात्रै विकासका कुरा गर्ने उम्मेदवारलाई पहिचान गर्न आग्रह गर्नुभयो । विपक्षी उम्मेदवारहरुले जातीय कुरा उठाएर भ्रम छर्न खोजेको बताउदै पोखरेलले विकासका कुनै एजेण्डा नै नभएपछि जातीय, क्षेत्रीय कुरा निकालेर मतदाता झुक्याउन खोजेको आरोप लगाउनुभयो ।

यस अघि दुई पटक सम्म महोत्तरीका जनताले मतदान गरि बिजयी गराएको स्मरण गर्दै पोखरेलले अबको निर्वाचन बिकास र समृद्धिको लागि भएकोले बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो । काग्रेसको नितिले देशलाई पराधिन बनाएको बताउदै पोखरेलले काग्रेसले यथास्थितिवादी राजनीति गरेको आरोप लगाउनुभयो । काग्रेसको गठबन्धन प्रजातान्त्रिक गठबन्धन नभई दक्षिण पन्थीहरुको गठवन्धन भएको पोखरेलले बताउनुभयो ।

राजतन्त्रको पक्षधर र गणतन्त्रको बिरोधिहरु सङ्ग मिलेर कसरी लोकतान्त्रिक गठबन्धन हुन्छ ? पोखरेलले भन्नुभयो : परिवर्तनका लागि जनयुद्ध को बेला मधेसका १३ सय युवा सहिद भएका छन । सहिदको सपना पुरा गर्न पनि बाम गठबन्धनलाई बिजयी गराउनुहोस । समग्र महोत्तरी जिल्लाको विकासको निम्ति कृयाशिल रहेको प्रष्ट पार्दै बाम गठबन्धनका साझा उम्मेदवार पोखरेलले महोत्तरी जिल्लामा मेडिकल कलेज, कृषि क्यापस लगायत सडक/बाटो, शिक्षा, स्वास्थ र कृषिको क्षेत्रमा उल्लेख्य काम भएको स्मरण गर्नुभयो ।

म कुनै एक क्षेत्रमा सिमित हुन्न चाहन्न पोखरेलले भन्नुभयो : समग्र महोत्तरीको विकासमा निरन्तर लाग्नेछु । निर्वाचित भएपछि पहिलो काम संविधान ले निर्दिष्ट गरेका अधिकार जनतालाई दिलाउछु । पोखरेल भन्नुभयो जनताको सेवा गर्नु बाहेक मेरो अरु कुनै स्वार्थ छैन ।

सभालाई सम्बोधन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक समितिका पुर्व सभापति रन्जु कुमारी झाले स्वच्छ, सादगी, निष्ठावान र इमानदार नेता गिरिराजमणि पोखरेललाई बिजयी गराउन आग्रह गर्नुभयो । महोत्तरीले एकजना कुशल र विकासप्रेमी राष्ट्रिय नेता पाएकोमा गौरव गर्नुपर्ने बताउदै झाले गिरिराजमणि पोखरेल समग्र मधेसको शान र प्रतिष्ठा भएकोले महोत्तरी क्षेत्र नम्बर-१ बाट अत्याधिक मतले बिजयी गराउन अपिल गर्नुभयो ।

 

सभामा प्रदेश सभा-१ कि उम्मेदवार सारदा थापाले महोत्तरीको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै बाम गठबन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो ।थापाले मतदान गर्दा सचेतता अपनाउन आग्रह गर्दै मतदाता शिक्षा पनि दिनुभयो ।

काग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

भङ्गाहा नगरपालिका-३ का नेपाली काग्रेसका स्थानीय नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । 

नेपाली काग्रेसका आनन्द चौधरी, रामजिवन चौधरी, प्रभात सिह, शिव सदा, रामलखन सिह सहित माओवादी केन्द्र प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेहरूलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य, बिना बिभागिय मन्त्री एवम महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी