चितवनमा मैले जित्ने आधार यी हुन् -प्रचण्ड

201 Hits

काठमाडौं, १८ मंसीर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा अन्तरगत चितवको क्षेत्र नं ३ का बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत भएका प्रचण्ड माओवादी शसस्त्र जनयुद्ध र शान्ति प्रक्रिया दुबैमा सर्वोच्च नेता हुन् । माओवादी जनयुद्धलाई शान्ति प्रक्रियामार्फत सेफ ल्याण्डीृगमा पुर्याउन सफल प्रचण्डले शान्ति प्रक्रियामा आएर सेना समायोजन, संविधान निर्माणको समेत कुशलतासाथ नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन् । संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौं १० र रोल्पा २ बाट अत्याधिक मतका साथ विजयी बनेका प्रचण्ड दोश्रो संविधानसभामा सिरहाबाट निर्वाचीत भएका थिए । अहिले चितवन ३ मा बाम गठबन्धनबाट साझा उम्मेदवारको रुपमा निर्वाचनमा सहभागि भइरहँदा उनको जित सुनिश्चित भइसकेको आभाष चितवनवासीले गरेका छन् । प्रचण्डको राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भुमिका, अन्तराष्ट्रिय सतरको छवी, बाम गठबन्धनका साझा नेता, चितवनको छोरो र चितवनको समग्र विकासमा खेल्न सक्ने भुमिका आदिले प्रचण्डलाई बाम गठबन्धन मात्रै होइन विपक्षी कांग्रेस गठबन्धनको मत समेत यथेष्ट प्रचण्डको पक्षमा पर्ने सम्भावना देखिन्छ । प्रचण्डको प्रतिस्पर्धी बनेका राप्रपा का विक्रम पाण्डे प्रचण्डको दाँजोमा अत्यन्त कम उचाई भएका पात्र हुन । उनी नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेको भएतापनि उनले प्रचण्डलाई राजनीतिक रुपमा, राष्ट्रिय अन्तराष्ट्रिय व्यक्तित्वका हिसावले र समग्र चितवनको समृद्धिको भिजनको हिसावले भेट्न सक्ने देखिंदैन । त्यसैले पनि प्रचण्डको विजय सुनिश्चित भएको दावी गर्नेहरुको कमी छैन । त्यसैगरी विगतदेखि अत्यन्त चर्चामा रहेको र माअ‍ेवादी जनयुद्धको एउटा मुख्य नकारातमक प्रतिकका रुपमा विकास गरिएको माडीको बादरमुडेको बम काण्डलाई पनि प्रचण्डले सकारात्मक कोणमा ढाल्न सफल भएका छन् । उनले बाँदरमुढेका पीडितहरुसँग ३ बुँदे सम्झौता गरी उनीहरुको मतसहित सिंगै माडीबासीको मत प्रचण्डको प्षमा जाने वातावरण बनाउन सफल भए ।

प्रचण्डले उम्मेदवारको रुपमा जित्ने आधार के छन् त  ?

– आज प्रचण्डको नाम देशमा र विश्वभरि पनि जे छ, त्यसको पहिलो ऋणी त म चितवनको जनताकै छु । यहीँको जनताले मलाई प्रचण्ड बनाए । त्यसकारण एउटा त त्यो ऋण तिर्ने मेरो जिम्मेवारी छ, चितवनको विकास र संवृद्धिमा योगदान गरेर । त्यसकारण म चितवन आएको छु ।

– दोस्रो, विकासको प्रचुर सम्भावना भएको जिल्ला हुनाले देशभरिका लागि एउटा नयाँ मोडेल प्रस्तुत गर्न सकिन्छ । देशभरिका लागि  मोडेल हुनसक्ने जिल्ला छानेर पनि म चितवनमा छु ।

– म चुनाव जित्नेमा विश्वस्त नै छु । अहिलेसम्म जे देखिएको छ, , मेरो मात्रै कुरा हैन, चितवनमा ९ का ९ वाम उम्मेदवारहरू जित्ने सुनिश्चत भएको देखेको छु ।

– क्षेत्र नम्बर ३ मा मैले डे वानदेखि नै राजनीतिक प्रतिद्वन्द्वी नै छैन भन्ने महसुस गरेको छु । किनभने नेपालको राजनीतिक परिवर्तनको निम्ति, सामाजिक न्यायको निम्ति र संवृद्धिको निम्ति मैले, मेरो पार्टीले र वाम गठबन्धनले जे–जस्तो योगदान गरेको छ, त्यो तुलना विक्रम पाण्डेसँग हुने कुरै होइन । उनले पैसाको बलमा दुई–चार भोट प्राप्त गर्लान्, त्यो कुरा त चाहिँ बुझ्न सकिन्छ ।

– मैले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको निम्ति, शान्ति सम्झौतालाई एउटा निष्कर्षमा पुर्याउनका निम्ति गरेको भुमिका – चितवनको जनप्रतिनिधि नहुँदा पनि चितवन जिल्लाको विकास र संवृद्धिका लागि मैले गरेका योगदानहरू

– शक्तिखोरको औद्योगिक क्षेत्र या भरतपुरको प्रदर्शनी केन्द्र वा चितवनको रङ्गशाला अनि केही बाटाहरूलाई पिच गराउन मैले गरेको योगदान

– प्रधानमन्त्रीको रुपमा नेपालमा मात्र हैन विश्वले देख्ने गरी साढे सात प्रतिशतको आर्थिक वृद्धिदर तराई मधेस, पहाड, हिमलालाई एकताबद्ध गरेर निर्वाचनतिर लैजाने प्राप्त गरेको सफलता,

– उज्यालो नेपाल लोडसेडिङ अन्त्य गर्ने दिशामा प्राप्त सफलता, छिमेकीहरूसँग सन्तुलित सम्बन्ध निर्माणमा प्राप्त गरेको सफलता –  नारायणी र राप्तीमा तटबन्ध र रिङरोडको कुरा त अघि बढी नै सकेको छ ।  यो सम्भव मात्रै हैन कि काम सुरु भइ नै सक्यो, यो प्रक्रिया अगाडि बढी नै सक्यो । फाउन्डेसनसहितको मेसजाली त्यति ठूलो प्रोजेक्ट हैन ।

–  जङ्गली जनावरबाट प्रताडित हुनुपरेको, जनधनको क्षतिलाई रोक्नका लागि वामपन्थीको बलियो सरकारले बजेटरी व्यवस्था सजिलै गर्नसक्छ

– माडि जोड्ने सुरुङमार्ग पक्कै अलि महत्वकाङ्क्षी प्रोजेक्ट त हो, तर त्यो असम्भव हैन । ६ किलोमिटर सुरुङमार्ग बनायो भने माडी र चितवन पनि युनिफाइड र  कम्प्याक्ट इकोनोमिक जोन हुनसक्छ । यसबाट सिङ्गै चितवनको कायापलट गर्न सकिन्छ । त्यो अलि बहुवर्षीय योजना होला, एक–दुई वर्षमा नसकिएला तर त्यो काम अगाडि बढ्दा केही वर्षभित्र त्यो पूरा हुन्छ ।

–  मैले चितवनका केही ठाउँमा सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो ।  अन्यत्र पनि लालपुर्जा वितरणको तयारी गरेको हो तर सुकुम्बासी समस्याको समाधान लालपुर्जा मात्रै होइन भन्ने कुरा पनि मैले भनिराखेको छु ।

– औद्योगिक क्षेत्र, रोजगारीका अन्य अवसरहरू सृष्टि गरेर अनि उनीहरूलाई बस्नका लागि राज्यद्वारा नै विषेश व्यवस्था गरेर यो समस्याको स्थायी समाधान गर्नुपर्छ । कतिपय चाहिँ फेरि स्थानान्तरण गरेर पनि गर्न सकिन्छ ।

–  बादरमुढे घटना जुन माओवादी जनयुद्धको सबैभन्दा नकारात्मक प्रतिकका रुपमा थियो, पीडित परिवारसँग छलफल गररै तीनबुँदे सहमतीमा हस्ताक्षर भएको छ । त्यो अक्षरश पालना गरिन्छ र म त्यसको लागि पुरै प्रतिबद्ध छु ।

– चितवनकै कर्णाली जस्तो बाँदरझुलाका किसानहरूको समस्याको स्थायी समाधानका लागि स्थानान्तरण र अर्को वैकल्पिक व्यवस्थापन नै मुख्य समाधान हो भन्ने मैले ठानेको छु ।

– यी तमाम मेरा आधारहरुप्रति म जति विश्वस्त छु त्यो भन्दा वढि मतदाताहहरुले विश्वास गरेर मत दिनुहुनेछ भन्नेमा म ढुक्क छु ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी