यस्ता छन् चर्चित नेताका प्रतिष्पर्धी, को कति बलियो ?

550 Hits

काठमाडौं, १८ मंसीर
यतिबेला नेपाली राजनीतिका चर्चित खेलाडीहरु निर्वाचनको मैदानमा छन् । पहिलो र दोस्रो चरण गरि दुई चरणमा भइरहेको प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलका शिर्ष नेताका अगाडि आफ्नो दलका धेरै उम्मेदवारलाई विजयी गराउने अभिभारा त छ नै । त्यो संगसंगै उनीहरु स्वमं पनि उम्मेद्वार भएका कारण आफ्नो जितका लागि आफ्ना मतदाताको घरमा गएर मत माग्ने काममा भिड्नुपर्ने वाध्यता पनि छ । उम्मेदवार जतिसुकै ठूला पदका भएता पनि मतदाताको मत लिन मतदातालाई नमस्कार गर्दै मत मागिरहेका छन् ।

बहालवाला प्रधानमन्त्रीदेखि भुतपुर्व प्रधानमन्त्रीहरुसम्म पनि चुनावी प्रतिस्पर्धामा छन् । बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिस्पर्धामा उत्रिरहँदा उनलाई नेकपा माओवादी केन्द्रका स्थानिय नेता खगराज भट्टले प्रतिस्पर्धा गरिरहेका छन् । भट्टले बाम गठबन्धनको मत पुरै पाउने अवस्थामा देउवाको पराजय हुने देखिन्छ । स्थानिय तहमा प्राप्त मतलाई हेर्ने हो भने बाम गठबन्धन करिब ६ हजार मतले अगाडि देखिन्छ ।

त्यसैगरी पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ मा बामगठबन्धनका साझा उम्मेदवार बनेका छन् । उनीसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसको सहयोगमा राप्रपाका विक्रम पाण्डे खडा भएका छन् । यस क्षेत्रमा बाम गठबन्धनको मत मात्रै पाण्डेको भन्दा १५ हजारले वढि छ । प्रचण्डको उम्मेदवारीले उक्त मत स्वतः बढ्ने देखिएको छ । एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री के पी ओली झापा ५ बाट उम्मेदवार बनेका छन् । उनीसँग नेपाली कांग्रेसका स्थानिय नेता खगेन्द्र अधिकारी प्रतिस्पर्धामा उत्रिएका छन् । अधिकारीको दाँजोमा ओलीको पक्षमा भारी जनमत देखिन्छ ।

नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले काठमाडौं २ मा नेपाली कांग्रेसका स्थानिय नेता दिपक कुईकेलसँग प्रतिस्पर्धा गरिरहेका छन् । यस क्षेत्रमा पनि माधवको दाँजोमा कुइकेलको उचाई धेरै कम हुने देखिएको छ । पहिलो चरणको निर्वाचनमा अत्यन्त चर्चित बनेको गोरखा २ मा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश र पुर्व माओवादी नेता तथा पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको  छ ।

त्यस्तै तनहुँ २ मा चुनावी प्रतिस्पर्धामा उत्रेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमालेका स्थानिय नेता तथा पुर्व साँसद किसान श्रेष्ठसँग प्रतिस्पर्धा गर्दैछन् । पौडेलले बाम गठबन्धनको मतसँग प्रतिस्पर्धा गरी विजय हासिल गर्न फलामको च्युरा चबाउनुभन्दा कठीन देखिन्छ । काठमाडौं ५ मा एमालेका महासचिव इश्वर पोखरेल र नेपाली कांग्रेसका नेता प्रकास शरण महतबीच कडा प्रतिस्पर्धा देखिएको छ । स्थानिय निर्वाचनको मतलाई हेर्दा बाम गठबन्धनको विजय हुने देखिन्छ ।

दांग २ मा चुनावी अभियानमा व्यस्त माओवादी नेता महराका प्रतिस्पर्धी कमजोर देखिएका छन् । उनीसँग नेपाली काँग्रेसका राजु खनाल प्रतिस्पर्धामा छन् । रोल्पामा माओवादी नेता वर्षमान पुन अनन्त  आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका अमरसिंह पुन भन्दा अत्यन्त धेरै मतले अगाडि देखिएका छन् । कूल १ लाख २७ हजार मतदातामा १८ हजार मात्रै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा गएको बुझ्न सकिन्छ ।

रुकुममा माओवादीका जनार्दन शर्मा नेपाली कांग्रेसका गोपाल जिजंग शाहभन्दा भारी मतले अगाडि देखिन्छन् भने जाजरकोटमा माओवादीका नेता शक्ति बहादुर बस्नेतले प्रतिस्पर्धि नेपाली कांग्रेसका राजीव विक्रम शाहलाई धेरै पछाडि पारेको देखिन्छ । स्थानिय निर्वाचनको मतलाई आधार मान्ने हो भने सिन्धुपाल्चोक २ मा माओवादीका नेता अग्नीप्रसाद सापकोटा कांग्रेसका बहालवाला मन्त्री मोहनबहादुर बस्नेतभन्दा धेरैअगाडि छन् ।

त्यसैगरी मोरंग ६ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता शेखर कोइराला  र एमालेका प्रभावशाली नेता लालबाबु पण्डीतसँग कडा प्रतिस्पर्धामा देखिन्छ । कांग्रेसका चर्चित युवा नेता तथा पुर्व मन्त्री गगन थापा र एमालेका राजन भट्टराई बीच पनि कडा प्रतिस्पर्धा देखिएको छ । स्थानिय चुनावको मतलाई आधार मान्ने हो भने बाम गठबन्धनको जित हुनुपर्ने स्थानियको भनाई छ ।

 

हेर्नुहोस, कसको प्रतिस्पर्धी को ?

चितवन ३ - पुष्पकमल दाहाल प्रचण्ड, माओवादी - विक्रम पाण्डे, राप्रपा

झापा ५ - केपी ओली, एमाले  - खगेन्द्र अधिकारी , कांग्रेस

डडेलधुरा - शेरबहादुर देउवा, कांग्रेस - खगराज भट्ट, माओवादी

काठमाडौं २-  माधव कुमार नेपाल , एमाले - दिपक कुइकेल, कांग्रेस 

इलाम १ - झलनाथ खनाल, एमाले - भुपेन्द्र कट्टेल, कांग्रेस 

तनहुँ २ - रामचन्द्र पौडेल, कांग्रेस किसान श्रेष्ठ , एमाले

काठमाडौं ५ - इश्वर पोखरेल, एमाले प्रकाश शरण महत कांग्रस

गोरखा २ - नारायणकाजी श्रेष्ठ, माओवादी डा. बाबुराम भट्टराई, नयाँ शक्ति

दांग २ कृष्णबहादुर महरा, माओवादी राजु खनाल ,कांग्रेस 

स्यांगजा २ - गोपालमान श्रेष्ठ, कांग्रेस पद्यमा अर्याल, एमाले 

झापा ३ - कृष्णप्रसाद सिटौला, कांग्रेस राजेन्द्र प्रसाद लिंगदेन, राप्रपा 

रोल्पा - वर्षमान पुन अनन्त, माओवादी अमरसिंह पुन, कांग्रेस 

रुकुम - जनार्दन शर्मा, माओवादी गोपाल जिजंग शाही, कांग्रेस 

जाजरकोट - शक्ति बहादुर बस्नेत, माओवादी राजीव विक्रम शाह, कांगेस 

लमजुंग-  देब प्रसाद गुरुंग, माओवादी दिल बहादुर घर्ती, कांग्रेस 

ललितपुर ३-  पम्फा भुषाल, माओवादी - मदन बहादुर अमात्य, नेका 

सिन्धुपाल्चोक २-  अग्नीप्रसाद सापकोटा, - माओवादी मोहन बहादुर बस्नेत, नेका

सिन्धुली २-  हरिवोल गजुरेल, माओवादी 

महोत्तरी १ - गिरीराजमणी पोखरेल, माओवादी - सिताराम भण्डारी, कांग्रेस

काठमाडौ १० -  हितमान शाक्य, माओवादी - राजेन्द्र कु केसी, कांग्रेस

अछाम १-  भिम रावल, एमाले  - भरत कुमार स्वाँर, कांग्रेस 

रुपन्देही २-  विष्णु पौडेल, एमाले  - युवराज गिरी, कांग्रेस 

सुनसुरी ३ - विजय गच्छेदार, कांग्रेस - भगवति चौधरी, एमाले

कपिलवस्तु १ - चक्रपाणी खनाल, माओवादी-  दिपकुमार उपाध्याय, कांग्रेस 

अर्घाखाँची १ - टोपबहादुर रायमाझी, माओवादी - डा.राम बहादुर विसी,कांग्रेस

पर्सा ४ - उर्मीला अर्याल, माओवादी - रमेश रिजाल, कांग्रेस

कैलाली ४ - लेखराज भट्ट, माओवादी - सुनिल कुमार भण्डारी, कांग्रेस

कैलाली ३-  आरजु राणा देउवा-  नारदमुनी राना, एमाले

वागलुंग २ - देवेन्द्र पौडेल, माओवादी - नरबहादुर पुन, कांग्रेस

धनुषा १ - मातृका यादव, माओवादी - आनन्दप्रसाद ढुंगाना, कांग्रेस

रौतहट ३ - प्रभु शाह, माओवादी - सुनिल कुमार यादव, कांग्रेस

गुल्मी - प्रदिप ज्ञवाली , एमाले-  चन्द्र भण्डारी, नेका

कास्की २ - रविन्द्र अधिकारी, - एमाले, देवराज चालिसे, नेका

झापा १ -  राम कार्की, माओवादी - विश्व प्रकास शर्मा, नेका

मोरंग २ - मिनेन्द्र रिजाल, नेका - ऋषिकेश पोखरेल, एमाले

मोरंग ४-  महेश आचार्य, नेका - अमनलाल मोदी, माओवादी

काठमाडौं ४-  गगन थापा,नेका - राजन भट्टराई, एमाले

मकवानपुर १ - कमल थापा, राप्रपा - कृष्णप्रसाद दाहाल, एमाले

सिन्धुपाल्चोक १ - पशुपति शमसेर राणा, राप्रपा-  शेरबहादुर तामांग, एमाले
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी