काभ्रेमा बाम गठबन्धन १५ हजारले अगाडि

81 Hits

काठमाडौं, १८ मंसीर ।
दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन २ दिन मात्रै बाँकी छ । ४५ जिल्लामा मंसीर २१ गते हुन गइरहेको निर्वाचनमा मूख्य गरेर बाम गठबन्धन र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ ।

काभ्रे जिल्लाका २ प्रतिनिधि र ४ प्रदेश सभामा पनि बाम र लोकतान्त्रिक गठबन्धनकै बीच प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाको समग्र वस्तुस्थिति र स्थानिय तहको मतको कुरा गर्ने हो भने बाम गठबन्धन कांग्रेस गठबन्धन भन्दा धेरै नै अगाडि रहेको देखिन्छ । स्थानिय तहको निर्वाचनमा प्राप्त मतको आधारमा बाम गठबन्धन निर्वाचन क्षेत्र नं १ मा १८ हजार मतले अगाडि रहेको छ भने क्षेत्र नं २ मा १५ हजार मतले अगाडि रहेको देखिन्छ ।
काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ बाट माओवादी केन्द्रका गंगा बहादुर लामा उम्मेदवार बनेका छन् भने २ बाट एमालेका गोकूल वास्कोटा उम्मेदवार बनेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी