काठमाडौं १ मा उक्लींदै शर्मा, ओर्लंदै सिंह

469 Hits

काठमाडौं, १८ मंसीर/


काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका मध्ये ३ जनाको बीचमा मूख्य प्रतिस्पर्धा देखिएको छ । गठबन्धनको हिसावले बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्मा र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा गणेशमान पुत्र प्रकाशमान सिंह श्रेष्ठ बीच मूख्य प्रतिस्पर्धा देखिएको छ भने साझा विवेकशील पार्टीका तर्फबाट उम्मेदवार बनेका पुर्व पत्रकार रवीन्द्र मिश्र पनि प्रतिस्पर्धामा सँगै देखिएका छन् । सो क्षेत्रमा कांग्रेस (विपी)का नेता हरिबोल भट्टराई सहित कुल २२ जना प्रतिनिधिसभा तर्फ उम्मेदवार छन् ।

अनिल शर्मालाई राष्ट्रिय जनमोर्चाको समर्थन, शर्मा थप बलियो

बाम गठबन्धनबाट उम्मेदवार बनेका शर्मा पुर्व विद्यार्थी नेता हुन् । उनलाई नेकपा माओवादी केन्द्र एमालेको पूर्ण समर्थन छ र पछिल्लो समयमा जनमोर्चा नेपालका उम्मेदवारले पनि आफ्नो समर्थन शर्माप्रति जाहेर गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । स्थानिय निर्वाचनको मतलाई अध्ययन गर्दा बाम गठबन्धन नेपाली कांग्रेस भन्दा अगाडि नै छ त्यसमाथि नव युवाहहरुको थपिएको मत युवाहरुकै पक्षमा जाने सम्भावना देखिन्छ । त्यसैले बाम उम्मेदवार शर्माको सम्भावना वढ्दो गतिमा देखिएको छ ।

उता नेपाली कांग्रेसका उम्ेदवार सिंह नेपाली कांग्रेसका पुराना नेता र पुर्व सांसद तथा बहालवाला मन्त्रीसमेत हुन । बाम गठबन्धन नबन्दा र कांग्रेस एकढिक्का हुँदा सिंहको जित सुनिश्चित हुन्थ्यो । तर यस पटक उनलाई कांग्रेस भित्रकै एक स्थापित नेता हरिबोल भट्टराईले नेपाली कांग्रेस ९विपि०को तर्फबाट उम्मेदवारी दिएका छन् । जसले नेपाली कांग्रेसका पुराना र असन्तुष्ट कार्यकर्ताको मत लिने सम्भावना वढि छ स्थानिय मतदाताका अनुसार उनले करिब २ हजार भोट नेपाली कांग्रेस समर्थककै लिन्छन् । त्यसो त विवेकशील साझा पार्टीका अर्का उम्मेदवार रवीन्द्र मिश्रले पनि कांग्रेस समर्थक वुद्धिजिवीको धेरै भोट लिने स्थिति देखिन्छ ।

काठमाडौं क्षेत्र नं १ राजधानी काठमाडौंको मुटु पनि हो । यसमा बसोबास गर्ने समुदाय केही शिक्षित र वुद्धिजीवि तथा युवा वर्ग नै बढि छ ।
काठमाडौ क्षेत्र नम्बर १ मा काठमाडौं महानगरपालिकाको १०, ११, २९ र ३१ वडा पर्छ । स्थानीय तहको मत अनुसार कांग्रेसको ८ हजार ८ सय ८२, वाम गठबन्धनको ११ हजार ७ सय २ मत, साझा र विवेकशिलको ११ हजार २ सय मत रहेको छ । भने राप्रपाको १ हजार ५ सय ४० मत छ ।


त्यस क्षेत्रका मतदाताले पुरानो नेता साँसद र मन्त्री भएको भएतापनि प्रकासमानले विकास नगरेको, चुनाव पछि खासै वास्ता नगरेको र डेटएक्स्पायर नेताको रुपमा चित्रित गर्ने गर्दछन् । रविन्द्र मिश्रलाई यस अघि राजनीति नगरेको एक्कासी अवसर लिन आएको र काम गर्ने भन्दा गफ गर्ने व्यक्तिको रुपमा चित्रित गर्ने गर्दछन । शर्मालाई उमेरले पाको नभएको र स्थानिय नभएको आरोप छ तर पनि युवा भएको, काठमाडौंमै लामो समय राजनीतिक आन्दोलन र विद्यार्थी आन्दोलनको नेतृत्व गरेको र भिजनसहित आएको र संगठनको बल भएकाले उपयुक्त हुने धारणा मतदाताले व्यक्त गरेका छन् ।

निर्वाचन आउन २ दिन बाँकी हुँदा काठमाडौं १ मा अनिल शर्मा उक्लँदो अवस्थामा देखिन्छन् भने प्रकासमान सिंह झर्दो अवस्थामा देखिन्छन् । त्यसैगरी मिश्रको अवस्था पनि सुधार हुँदै गएको देखिन्छ । यसरी हेर्दा मुख्य प्रतिस्पर्धामा शर्मा र मिश्र आउने आंकलन स्थानिय वुद्धिजीवि र मतदाताको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी