प्रचार प्रसारको आज अन्तिम दिन, उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त

125 Hits

काठमाडौं,१८ मंसिर ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको दोश्रो चरणको निर्वाचनको प्रचार प्रसारको लागि आज अन्तिम दिन हो । निर्वाचन अयोगले निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुने जानकारी दिइसकेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि सोमबार मध्यराति १२ बजेबाट शुरु हुनेछ ।
मौन अवधि पुर्व दलहरुले प्रचार प्रसारको अन्तिम कसरत गरिरहेका छन् । प्रमूख राजनीतिक दलहरुसहित निर्वाचन आयोगमा दर्ता भएका र उम्मेदवारी दिएका दल र उम्मेदवारहरु घरदैलो र कोण सभा तथा ठूला सभाहरुमार्फत चुनावी प्रचारमा व्यस्त छन् ।

मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म अर्थात मंसीर २१ गते ५ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन ।
निर्वाचन आयोगले एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाटसमेत भोट माग्न नपाइने जनाएको छ । मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ ।

सोमबार मध्यरातपछि उम्मेदवारको उपस्थितिमा भोट माग्ने वा चुनाव सम्वन्धीत गतिविधि गर्न नपाईने भएकाले कांग्रेस, एमाले र माओवादीका नेताहरु आआफ्नो निर्वाचन क्षेत्रमा परिचालित छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको क्षेत्र नं ३ मा केन्द्रीत छन् भने अन्य नेताहरु पनि आफ्नो आफ्नो क्षेत्रमा केन्द्रीत भएका छन् ।

दोस्रो चरणको चुनाव सकिएलगत्तै पहिलो चरणको चुनावको मतगणना पनि सँगसँगै हुनेछ । पहिलो चरणको चुनाव भने ३२ जिल्लामा मंसिर १० गते नै सम्पन्न भएको थियो । पहिलो चरणको मतदान सम्पन्न भएका जिल्लाहरुका मतपेटिका दलका प्रतिनिधिहरुको रोहवरमा सुरक्षा निकायले कुरीरहेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी