प्रकासमानले भने-‘कम्युनिष्ट व्यवस्था आएमा प्रेसलाई निषेध गर्छन्’

184 Hits

काठमाडौं, १७ मंसिर ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘कम्युनिष्ट व्यवस्था आयो भने राज्यको चौथो अंग कांग्रेसले स्थापित गरेको प्रेस जगतलाई सबभन्दा पहिले निषेध गर्ने तर्क गर्दे मतदातासँग भोट मागेका छन् ।

आइतबार नयाँबानेश्वरमा आयोजित अन्तिम चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस नेता तथा गणेशमान पुत्र सिंहले वामपन्थीको सरकार बनेमा कम्युनिष्ट बाहेक अरु पार्टीको अस्तित्व नहुने र लोकतन्त्र संकटमा पर्ने दावी पनि गरे ।
प्रकाशमानले अहिले वाम गठबन्धनको समर्थन गरिरहेका प्रेस जगत नै वाम सरकार आएपछि निषेध हुने दावी गरे । वाम गठबन्धनलाई प्रोत्साहित गरेका पत्रपत्रिकाहरुले सोच्नुपर्छ,’ उनले भने । ग्राउण्ड रियालिटी कांग्रेसको पक्षमा रहे पनि पत्रपत्रिकाले वाम गठबन्धनको पक्षमा मिसन पत्रकारिता गरिरहेको आरोप समेत उनले लगाए ।

‘वाम गठबन्धनले भन्ने गरेको साम्यवाद आएमा कम्युनिष्ट पार्टी बाहेक अरु कुनै पार्टीको गुन्जायस र अस्तित्व हुँदैन । विरोधको स्वर पनि निकाल्न सक्दैनौं,’ कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले भने, ‘हामीले अहिले उपभोग गरिरहेका अधिकार छिन्नका लागि कम्युनिष्ट वाम गठबन्धनलाई भोट दिने ?’

देशलाई विकासको मार्गमा अगाडि बढाउनुपर्ने नेपाली जनताको चाहाना बुझेर नै नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान,

उनले विगतमा जनताले एमाले र माओवादीलाई सरकारको नेतृत्व गर्ने अवसर दिए पनि संविधान पनि जारी गर्न नसकेको र जनआकांक्षाअनुसार पनि काम नगरेको आरोप लगाए । उनले भने, ‘अवसर दिँदा काम नगर्ने र अनि ठूलठूला नारा फलाक्ने रु नाराको पछि लाग्नु हुँदैन ।’

विगतका चुनावमा आफू निर्वाचित भएपछि काठमाडौं क्षेत्र नम्बर १ मा धेरै विकास गरेको र आफू उपप्रधानमन्त्री हुँदा नयाँ संविधान जारी भएको भन्दै उनले फेरि पनि विकासका अधुरा काम पूरा गर्ने अवसर दिन अपिल गरे । कतिपय स्थानमा आफूहरुको ध्यान नपुगेको भए त्यसबारे जानकारी दिन पनि मतदातालाई उनले आग्रह गरे ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी