अस्पतालको औषधि पसल (फार्मेसी)बाट सेवाग्राही ठगिए

134 Hits

वीरगन्ज/

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको औषधि पसल (फार्मेसी)बाट सेवाग्राही ठगिएका छन् । निजी औषधि पसलभन्दा सस्तोमा औषधि उपलब्ध गराउने भन्दै ६ महिनायता अस्पताल व्यवस्थापनले फार्मेसी सञ्चालनमा ल्याएको हो । तर, सरकारी फार्मेसीले तोकिएभन्दा महँगो मूल्यमा औषधि बिक्री गर्दै आएको खुलेको छ ।

बुधबार साँझ भर्ना भएकी माला देवीको शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्र्ने भएपछि उनका आफन्त औषधि किन्न अस्पताल परिसरकै औषधि पसल गएका थिए । फार्मेसीका कर्मचारीले औषधिको बट्टामा अंकित मूल्यभन्दा बढी रकम लिएपछि बिरामी ठगिने गरेको तथ्य बाहिर आएको हो ।

भारतीय कम्पनीको टर्मिन नामक इन्जेक्सनको अधिकतम बिक्री मूल्य दुई सय एक भारु (तीन सय २२ नेपाली रुपैयाँ) अंकित भए पनि पसलका कर्मचारीले भने तीन सय ६० असुलेका थिए । बिलमा पनि इन्जेक्सनको मूल्य तीन सय ६० रुपैयाँ उल्लेख छ ।

औषधि उत्पादक कम्पनी वा थोक बिक्रेतासँग खरिद गर्दा खुद्रा पसलेले अधिकतम मूल्यमा निश्चित प्रतिशत छुट र कमिसन दुवै पाउँछन् । तर, सरकारी अस्पतालको फार्मेसीका कर्मचारीले अंकित मूल्यभन्दा महँगो दरमा औषधि बिक्री गर्दै आएका कारण बिरामी मर्कामा परेका छन् ।
यस विषयमा अस्पताल प्रशासन र अस्पताल विकास समिति भने मौन छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी