ललितपुरका तीन निर्वाचन क्षेत्र वाम गठबन्धको लालकिल्ला- प्रचण्ड

ललितपुर सांस्कृतिक राजधानी : पम्फा भुसाल
405 Hits

ललितपुर, मंसीर
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले ललितपुरका तीन निर्वाचन क्षेत्र वाम गठबन्धको लालकिल्ला भएको बताएका छन् ।

शनिबार ललितपुर क्षेत्र नम्बर ३ सुनाकोठीमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ललितपुरलाई चीनको बेइजिङको संज्ञा दिँदै भने, ‘नेपालका लागि ललितपुर चिनियाँ कम्युनिस्टका लागि बेइजिङ जस्तै हो। एउटा सानो भुलचुकले एकपटक पराजित हुनुपरे पनि यो हाम्रो लालकिल्लै हो।’

प्रचण्डले  ललितपुरका गठबन्धन उम्मेदवारलाई अग्रिम बधाई समेत दिए । माओवादी नेतृ एवं पार्टी प्रबक्ता पम्फा भुषाललाई विजय गराउन ललितपुर ३ मा पुगेका अध्यक्ष प्रचण्डले पहिलो चरणको निर्वाचनमा बाम गठबनधनले २ तिहाई ल्याइसकेको बताए।  अबको दोश्रो चरणको नर्वाचनमा पनि २ तिहाई नै ल्याउने बताए । प्रचण्डले अबका ५० वर्ष आफूहरुले सरकार चलाउने दावी गरे । पहिलो चरणको चुनावपछि एमाले अध्यक्ष केपी ओली र आफू सँगै बसेर छलफल गर्दा ३२ जिल्लामा दुई तिहाई स्पष्ट रुपमा आइसकेको निश्कर्षमा पुगेको प्रचण्डले बताए । दोस्रो चरणको चुनावमा पनि दुई तिहाई आउछ। पाँच वर्ष राम्रो काम गरेर सरकार चलाउँछौँ’, प्रचण्डले भने, ‘पाँच वर्ष राम्रो काम गरेपछि हामीले भोट माग्न यसरी ठूला आमसभा गर्नुपर्ने आवश्यकता हुँदैन।

प्रचण्डले पार्टी एकताको संकल्प गरेर चुनावी तालमेल भएको स्पष्ट पारेका छन्। उनले पार्टी एकता नभए केपी ओली, माधव नेपाल र नारायणकाजीसँगै आफ्नो पनि राजनीतिक भविष्य सकिने बताए। ‘चुनावी घोषणापत्र पनि एउटै भएकाले दुई पार्टी ९एमाले–माओवादी० मिल्छन् भन्ने कुरामा शंका नगर्नुहोस्’, प्रचण्डले भने, ‘केपी ओली, म, माधव नेपाल र नारायणकाजी श्रेष्ठ पार्टी एकताबाट पछि हट्यौँ भने हाम्रो राजनीतिक भविष्य सकिन्छ। पार्टी एकताको विषयमा हामी पछाडि फर्किदैनौँ, अघि बढ्छौँ।’

कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नम्बर ३ की वाम गठबन्धनकी प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने आफ्नो योजना रहेको स्पष्ट पारिन् । ‘
ललितपुरलाई देशकै नमुना सहरको रुपमा विकास गर्नका निम्ति सांस्कृतिक राजधानी बनाउछौँ’, भुसालले भनिन्,‘पाँच वर्षभित्रमा ललितपुरका सबै सडक पिच भइसक्छन्।’
माओवादी केन्द्रकी प्रवक्ता समेत रहेकी भुसालले ललितपुरको विकास र समृद्धिका लागि आफू सदैव लागि पर्ने उद्घोष समेत गरेकी छिन् ।
कार्यक्रममा माओवादी एमाले गठबन्धनबाट साझा उम्मेदवार बनेका उम्मेदवारहरु र हजारौ. जनसमुदायको उपस्थिति थियो ।

ललितपुर ३ बाम गठबन्धनका साझा उम्मेरदार प्रतिनिधि सभाका पम्फा भुसाल, प्रदेश( क)का  राजकाजी महर्जन र (ख)का जीबन खड्का मैदानमा छन् ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी