आज किरातीको उधौली, नेवारको योमरि पुन्हि र अन्तर्राष्ट्रिय अपांगता दिवस

270 Hits

काठमाडौं, १७ मंसीर ।
आज मंसीर १७ गते अर्था ३ डिसेम्बर २०१७, आइतबार । आज किरात समुदायको महान पर्व उधौली पर्व, नेवार समुदायको मुख्य पर्व योमरी पुन्ही पनि हो । आजैका दिन विश्व अपांगता दिवस मनाईन्छ, यस अपांगता दिवसलाई अपांगता भएका व्यक्तिहरुको दिवस पनि भनिन्छ ।
राजधानी आदिवासी नेवार समुदाय र पुर्वका आदिवासी किरात समुदायको पर्व आज देशैभर ती समुदायले हर्षोल्लासका साथ मनाउने गर्दछन् । एकातर्फ किराँतरुको अनि अर्कोतर्फ नेवा हरुको बिशेष आजको दिनले नेपालको बिभिधताको एउटा दृष्टान्त अनि एकताको सन्देश पनि दिएको छ ।
किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँतहरुको धार्मिक पुस्तक ुमन्धुमुमा एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् । यस पर्व एकदिनका लागि तोकिएपनि यसलाई १५ दिनसम्म मनाउने चलन छ ।
आजको दिन काठमाडौको टुडिखेल, ईलाम, पाँचथर, तेह्रथुम लगायत देशका बिभिन्न किराँतहरुको बाहुल्यता भएको ठाँउमा सार्वजनिक भेला अनि नाँचगान हुनेगर्दछ । परम्परागत पहिरनमा सजिएका किराँती सुमदयका साथीहरुले एकअर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भएपनि धेरै जना भेला हुनेगर्दछन् ।

त्यसै गरि आज काठमाण्डौ उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ । योमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ ।
सन् १९९२ वाट हरेक वर्षको ३ डिसेम्वरका दिन संसारभरि विश्व अपांगता दिवस मनाईन्छ, यस अपांगता दिवसलाई अपांगता भएका व्यक्तिहरुको दिवस पनि भनिन्छ । यस अवसरमा विभिन्न कार्यक्रम र गोष्ठीहरु अनि र्यालीहरु आयोजना गरिन्छ र अपांगतको अधिकारका बारेमा प्रचार प्रसार गर्ने कार्य गरिन्छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी