संघर्षशिल नेता र व्यापारीबीच तुलना गर्नै मिल्दैन : चितवनका मतदाता

210 Hits

चितवन ,  मंसिर ।

सिंगोजीवन नै नेपालको परिवर्तनका लागि समर्पण गर्ने एउटा संघर्षशिल नेता र एउटा व्यापारी विच तुलना गर्नै नमिल्ने कुरा चितवनका सबै मतदाताले बताइरहेका छन् ।

वामगठबन्धनका पक्षका मतदाता मात्रै होइन जीवनभर नेपाली कांग्रेसकै राजनीतिमा जीवन विताएका कांग्रेस नेता कार्यकर्ता र समर्थक जनताले समेत प्रचण्डलाई मत दिने बताउन थालेका छन् । प्रचण्ड जिल्लाका तर्फबाट निर्वाचित एउटा सांसद मात्र नभै सिंगो देशकै नेता भएको कारण चितवनका साथै सिंगो देशकै विकासका लागि यसपटकको मत पार्टी भन्दा माथि उठेर प्रचण्डलाई दिनेकुरा कांग्रेसी नेता कार्यकर्ताले नै बताइरहेका छन् ।

चितवन क्षेत्र नंं. ३ का प्रतिनीधिसभा सदस्यका उमेद्वार रहनुभएका नेकपा माआवादी (केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिनै वाम गठवन्धनको मूल एजेण्डा रहेको बताउनुभएको छ ।

आफ्नो एकमात्र छोरा प्रकाश दाहालको हृदयघातका कारण असाममयिक निधन भएको पीडाका बाबजुद पनि छोराको निधन भएको ३ दिन प्रश्चात नै सार्वजनिक कार्यक्रममा सहभागि हुनुभएका माओवादी अध्यक्ष प्रचण्डले दैनिक दर्जनौ सभा र घरदैलोमा सहभागि भैरहनुभएको छ । यस अघिका निर्वाचनमा सिंगो देशलाई एकताबद्ध गर्नुपर्ने कारण कहिले काठमाण्डौं र रोल्पाबाट त कहिले सिराहा बाट निर्वाचित हुनुभएका माओवादी अध्यक्ष प्रचण्ड यसपटक आफ्नो घर रहेको चितवन जिल्लाबाट नै उमेद्वार हुनुभएको छ ।

बाम उम्मेदवारलाई जिताउन प्रचण्ड काठमाडौंमा, शनिवार विहान सुनाकोठी सभामा सम्बोधन गर्ने

 

आफु छोराको शोकमा परेपनि अब प्रत्येक घरका प्रकाशका लागि आफ्नो जीवन समर्पण गर्ने माओवादी अध्यक्ष प्रचण्डले बताउनुभएको छ । उक्त क्षेत्रका मतदातालाई सम्बोधन गर्दै आज आयोजित एक कार्यक्रममा उहाँले देशमा कम्युनिष्टहरुको मत धेरै हुदाँ हुदैँ पनि फुटेर रहँदा जनताको पक्षमा धेरै परिवर्तन गर्न नसकिएको कारण अब देशको विकास र समृद्धि नै एकमात्र उदेश्य वाम गठबन्धनको रहेको बताँउदै बहुमत मात्र होइन सकेसम्म दुइ तिहाइ बहुमत दिनका लागि देशभरका मतदातालाई उहाँले आव्हान पनि गर्नु भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डको प्रतिद्धन्दीका रुपमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका विक्रम पाण्डे उमेद्वार रहेका छन् । माओवादी अध्यक्ष करिब ५ दशक भन्दा लामो समय नेपाली राजनीतिमा विताएका एक कुशल नेता हुन् । नेपालमा भएका राजनीतिक परिवर्तनका मुख्य नेत्तृत्वकर्ताका रुपमा रहेका माओवादी अध्यक्ष प्रचण्ड दुइ पटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका राजनेता हुन् भने उनका प्रतिद्धन्दी ठेक्का पट्टा गर्ने एक व्यापारी हुन् । सिंगोजीवन नै नेपालको परिवर्तनका लागि समर्पण गर्ने एउटा संघर्षशिल नेता र एउटा व्यापारी विच तुलना गर्नै नमिल्ने कुरा चितवनका सबै मतदाताले बताइरहेका छन् ।

तस्विर सौजन्य : मनहरी तिमल्सिना

Loading...

Related News

नयाँ रुप र आधारमा निरन्तर क्रान्ति-प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकाले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने…

चितवनलाई एशियाकै नमुना सहर बनाउने प्रचण्डको यस्तो छ योजना

  चितवन / चितवन क्षेत्र नं. ३ का लागि प्रतिनीधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका नेकपा माओवादी (केन्द्र) का अध्यक्ष…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी