बाम उम्मेदवारलाई जिताउन प्रचण्ड काठमाडौंमा, शनिवार विहान सुनाकोठी सभामा सम्बोधन

537 Hits

काठमाडौं, १५ मंसीर
नेकपा माओवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवनको क्षत्र नं ३ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । बाम गठबन्धनका उम्मेदवारलार्य विजय गराउन प्रचण्ड र उमाले अध्यक्ष केपी ओली देशैभर सँगै जाने कार्यक्रम चलिरहेका बेला प्रचण्ड पुत्र प्रकास दाहालको हृदयघातका कारण निधन भएपछि प्रचण्ड झापाको कार्यक्रम छाडेर काठमाडौं फर्केका थिए । त्यस पछि प्रचण्ड चितवन बाहेक अन्यत्रका सभाहरुमा सहभागि हुन सकेका छैनन् ।


प्रचण्ड पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र बाहिरको सभामा सम्बोधन गर्न काठमाडौं आएका छन् ।
प्रचण्डले ललितपुर को क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी माओवादी नेतृ एवं प्रबक्ता पम्फा भुषाललाई विजय गराउन उनको निर्वाचन क्षेत्रमा आयोजना हुने आमसभामा सम्बोधन गर्ने भएका छन् ।
शनिवार विहान ९ः३० बजे ललितपुरको सुनाकोठीमा हुने आम सभामा प्रचण्डले संवोधन गर्ने कार्यक्रम तय भएको माओवादी प्रबक्ता एवं उम्मेदवार भुषालले जानकारी दिएकी छिन् ।

उनले जारी गरेको नोटमा मङ्गसिर १६ गते बिहान ठिक ९ः३० बजे ललितपुर छेत्र नम्बर ३ को सुनाकोठी, महादेव मन्दिरमा क। प्रचण्ड बाट सम्बोधन हुने चुनावीसभामा सहभागीहुन सबैलाई अनुरोध गरिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी