राजपाको प्रभाव क्षेत्रमा माओवादीको चुनावी सभा, सयौ माओवादी केन्द्रमा प्रवेश

236 Hits

महोत्तरी,१५ मंसिर,

महोत्तरी जिल्ला क्षेत्र नम्बर १ एक अन्तर्गतको गौशाला नगरपालिका २ निगौलमा आयोजित चुनावी सभामा राजपा र काग्रेसका सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

राजपाको प्रभाव रहेको क्षेत्र निगौलमा आयोजित भव्य चुनावी सभामा राजपा र काग्रेस परित्याग गरि एक सय भन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेपछि यो सभाले बिशेष चर्चा पाएको छ ।

राजपा का नेता महिन्द्र शाह, लालु मण्डल, सुनिल मण्डल, रामबाबु मण्डल सहितका दर्जनौं राजपाका नेताकार्यकर्ता र नेपाली काग्रेसका सरोजकुमार शाह, इन्दु शाह, रामप्रताप मण्डल, नरेश शाह सहितका नेता कार्यकर्ता आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
यस्तै उर्मिला शाह, सितल मुखिया, सुनैनादेवी राय, शिवकुमारी सिह, रौनादेवी राय लगायतका एक दर्जनभन्दा बढी राजपा र काग्रेसका कृयाशिल महिला नेतृहरु पनि आज माओवादी केन्द्र प्रवेश गरेका छन ।

काग्रेस र राजपाबाट समृद्धि र विकास सम्भव नभएको भन्दै सयौ नेताकार्यकर्ता आज माओवादी केन्द्र प्रवेश गरेको उनीहरुले बताएका छन ।

पार्टी प्रवेश गर्नेहरूलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा बिना बिभागिय मन्त्री एवम महोत्तरी जिल्ला क्षेत्र नम्बर (१ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले टीका र माला लगाएर स्वागत गरेका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले जातीय र क्षेत्रीय कुरा गर्ने पार्टीले विकास गर्न नसक्ने दावी गरे ।

१ सय २४ ओटा जाती भएको देशमा एकले अर्को लाई सम्मान गर्नुपर्ने पोखरेलको तर्क थिया । ८० भन्दा बढी भाषा(भाषी छन । हामी सबै मिले मात्र देश सम्बृद्द हुन्छ ।
मधेसमा बहुसंख्यक किशान मजदुरको बाहुल्यता रहेको स्मरण गर्दै पोखरेलले गरिब, किशान र मजदुरको भावना बामपंथीले मात्रै बुझ्न सक्ने दावी गरे ।

समग्र तराईरमधेसको विकासको निम्ति बाम गठबन्धनलाई बिजयी गराउन पोखरेलले आग्रह गरे ।

गौशाला नगरपालिकाको वडा नम्बर -११ धननारायण टोल, गौशाला नगरपालिका -१० भरतपुर, चुरौटे टोल, गौशाला नगरपालिका-९ पुरानो भरतपुर र गौशाला नगरपालिका-९ कै नयाँ भरतपुरमा चुनावी सभा सम्पन्न भएको हो । गौशाला-९ पुरानो भरतपुरमा आयोजित चुनावी सभामा पनि विभिन्न पार्टी परित्यागगरि ६० जना नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन ।

पुरानो भरतपुरको अधिकास मन्सुर र अन्सारी सहित ६० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन । नेपाली काग्रेसका इसराजुल मन्सुर, गफार मन्सुर, सतार मन्सुर, जाहेर मन्सुर, मङ्गल मन्सुर, रसुभ अन्सारी, मकेबुल अन्सारी लगायत ६० जना आज माओवादी केन्द्र प्रवेश गरेका हुन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी