आउला त कांग्रेसको बहुमत ? यस्तो छ कांग्रेस दावी

294 Hits

काठमाडौं, १५ मंसिर।
प्रमूख सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा चुनावमा बहुमत ल्याउने दावी प्रस्तुत गरेको छ ।

पार्टी कार्यालयमा आयेजित पत्रकार सम्मेलनमा  कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले प्रतिनिधिसभा र प्रतिनिधिसभा चुनावमा आफ्नो पार्टीले सहजै बहुमत ल्याउने दावी गरेका हुन् ।

संयोजक खाँडले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि आफ्नो पार्टीले अग्रता कायम गरेको दावी गरे । उता बाम गठबन्धनले आफुहरुको तुलनामा कांग्रेसले एक चौथाई सिट पनि नल्याउने दावी गरिहेको छ ।

नेता खाँडले समानुपातिकतर्फ पनि आफ्नो पार्टीले अग्रता कायम गर्ने तर्क पेश गरेका छन्।
चुनावपछि कांग्रेसकै नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने दावी गर्दै उनले त्यसले मुलुकको समृद्धिका लागि काम गर्ने दावी समेत गरेका छन् ।

कांग्रेसले दोस्रो चरणमा हुने चुनावमा मतपरिणाम आफ्नो पक्षमा पार्न पार्टीको सिंगो शक्तिलाई परिचालन गरिएको बताएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी