आजदेखि नेपाली बजारमा आइफोन १०, यस्ता छन् त सुबिधा, मुल्य सहित

185 Hits

काठमाडौं, मंसिर १५–
आइफोन प्रयोग कर्ताहरुलाई सुनौलो खबर छ । आज शुक्रबारदेखि नेपाली प्रयोगकर्ताका लागि आइफोन टेन बजारमा आउँदैछ ।
नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु ९म्याकबुक्स, आइप्याड, आइम्याक ० को एक मात्र वितरक जेननेक्स्टले आइफोन १० यही डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गते आजदेखि नेपालमा सार्वजनिक गर्ने भएको हो ।

आइफोन टेन नेपाली बजारमा ६४ जिबी र २५६ जिबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ ।
आइफोन टेनमा लक्की ड्र पनि समावेश गरिएको प्रवद्र्धकले जनाएको छ । अर्ध वार्षिकमा एकजना भाग्यशाली विजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ । यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।
नेपाली बजारमा आइफोन टेन ६४ जिबीको १ लाख ३८ हजार र २५६ जिबीको १ लाख ५९ हजार तोकिएको छ ।
नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा।लि।ले नेपालमा वर्षौैदेखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ ।
आजै बुक गर्न नभुल्नुहोला ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी