मदन पुरस्कार साहित्यकार कँडेललाई र जगदम्बा–श्री वात्स्यायनलाई

327 Hits

काठमाडौं, असोज/

मदन पुरस्कार गुठीले वि.सं. २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ ।

गुठीको आज बसेको साधारणसभा बैठकले वि.सं. २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेखेको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले राजानकारी दिए ।

यसैगरी, बैठकले समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत दुर्गा बराल (वात्स्यायन) लाई २०७३ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ ।

“वि.सं. २०७३ मा प्रकाशित भई गुठीलाई प्राप्त ११५ पुस्तकमध्ये ‘गुहा, गुहालेख, गुहाचित्र एवम् अन्य सम्पदा’, ‘छाउघर’, ‘तपन’, ‘दोहाको सीधा उडान’, ‘धृतराष्ट्र’, ‘प्रतिनायक’, ‘म स्त्री अर्थात् आइमाई’, ‘शुक्रराज शास्त्रीको चस्मा’ र ‘सगरमाथाको गहिराइ’लाई उत्कृष्ट ९ पुस्तकका रुपमा छनौट गरिएको थियो,” अर्यालले भने ।

पुरस्कार आश्विन शुक्ल द्वितीया अर्थात् घटस्थापनाको भोलिपल्ट प्रदान गरिनेछ । वि.सं. २०१२ मा जगदम्बा राणाले मदन पुरस्कारको स्थापना गरेका थिए । वि.सं. २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र विज्ञान विधामा डा. बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो ।

वि.सं. २०४५ मा जगदम्बाको निधन भएपछि उनको सम्झनामा पनि जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको हो । दुवै पुरस्कारको राशि रु. २-२ लाख रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी