माओवादी नेता ढुंगेललाई काठमाडौं जिल्ला अदालतमा पेश, आजै जेल चलान गर्ने तयारी

138 Hits

काठमाडौं, १४ कात्तिक
माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । विहान ११ बजे सातदोबाटोबाट पक्राउ गरिएका नेता ढुंगेललाई २ घण्टामै महाराजगञ् हुँदै जिल्ला अदालत काठमाडौं पेश गरिएको हो । उनलाई आजै जेल पठाउने गरी तयारी गरिएकाले छिटो अदालत पेश गरिएको प्रहरीले बताएको छ ।

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्याको आरोप लगाएर उनीमाथि मुद्धा दायर गरिएकोमा सर्वोच्च अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो । उनले उक्त मुद्धाबाट यस अघिनै सफाई लिंदै जेल समेत व्यतित गरिसकेका थिए ।
उनलाई ललितपुुरको सातदोबाटोबाट पक्राउ गरिएको हो ।

‘ढुंगेललाई चार जना सादा पोशाकका प्रहरी मोटरसाइकलमा आएर गिरफतार गरेका थिए । उनीहरुले मोटरसाइकलमा राखेर नै उनलाई लगेको उनका पारिवारिक श्रोतले बतायो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी