देउवाले दिए बामपन्थी गठबन्धनको डटेर सामना गर्न निर्देशन

184 Hits

काठमाडौं, १० कात्तिक ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बामपन्थी गठबन्धनको डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार बालुवाटारमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बाम गठबन्धनविरुद्ध डटेर मुकाविला गर्दै प्रजातन्त्रको रक्षाका लागि गाउँ(गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।

देउवाले बामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहन पनि जोड दिए । उनले एकतावद्ध भएर चुनावी अभियानमा जुट्न पार्टीपंक्तिलाई आग्रह पनि गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले संविधानको मूल मर्ममाथिनै प्रहार गरेकाले संविधानको रक्षा गर्न पनि आगामी निर्वाचनमा कांग्रेस विजयी हुनुको विकल्प नरहेको तर्क गरे ।
बाम शक्तिहरुबीच गठबन्धन भएपछी नेपाल िकांग्रेस अत्तालिएको देखिन्छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी