एमालेका कारण बाम गठबन्धनमा दरार आउँदै, माओवादी पर्ख र हेरको रणनीतिमा

285 Hits

काठमाडौं, २९ असोज ।
नेपालका बामपंथी दलहरुबीच एकता गरेर अगाढि बढ्ने योजनामा बनेको बाम गठबन्धन विस्तारै कमजोर बन्दै गएको छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका केही गतिविधिले बाम गठबन्धनमा दरार आउन थालेको आभाष भएको हो ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच ६ बुँदे सहमति गरेर बनेको बाम गठबन्धन एमालेले देखाएको केही सशंकीत व्यवहारका कारण कमजोर बनेको हो ।

एकता संयोजन समितिमा झलनाथ खनाल राख्ने सहमति भएकोमा उनलाई हटाई इश्वर पोखरेल राखीनु, पछिल्लो कार्यदलमा विष्णु पौडेललाई हटाई शंकर पोखरेल राखीनु र कांग्रेसको वलियो पकड भएका स्थानहरुमा मात्रै माओवादीलाई उमेदवारी दिने स्थान छाड्ने रणनीति एमालेले प्रदर्शन गरेपछि माओवादी केन्द्र शसंकीत बनेको छ ।

झलनाथ को स्थानमा संयोजन समितिमा ल्याइएका पोखरेल माओवादीसँग एकता गर्ने विषयमा त्यति सकारात्मक छैनन भने पौडेलको स्थानमा ल्याइएका शंक पोखरेल पनि माओवादीका कटु आलोचक मानिन्छन् । जवकी पौडेल बामदेव गौतम सँगै माओवादी र एमालेबीच एकता गराउनुपर्छ भनेर लाग्ने प्रमूख नेता हुन् ।

एमाले र माओवादी कार्यदलबीच केही दिन यता खासै छलफल नभएको श्रोत बताउँछ । एमालेले प्रदेश नं २ मा माओवादीका लागि छाडेको स्थान मधेशी दलहरुको बाहुल्य भएको क्षत्र हुन् भने अन्य कांग्रेसी मुख्य नेताहरु उठ्ने स्थान दिने गरी एमालेले प्रस्ताव गरिरहेको छ । माओवादीका एक उच्च नेताले भने यस्तै पेल्ने प्रवृत्ति देखियो भने हामी आफ्नो ढंगले अगाडि वढ्न तयार छौं ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी