एनआरएनए आठौँ महाधिवेशन राजधानीमा जारी, अध्यक्षमा तीन जना प्रतिस्पर्धी (उम्मेदवार नामावली)

180 Hits

काठमाडौ, २९ असोज /
गैरआवासिय नेपाली संघ एनआरएनएको आठौँ महाधिवेशन राजधानीमा जारी छ ।
राजधानीको हायात होटलमा जारी सम्मेलनको उदघाटन शनिवार सम्माननीय राष्ट्रपति विद्या भण्डारीद्धारा गरिएको हो । आइतबार वार्षिक एवं आर्थिक प्रतिवदन प्रस्तुत गर्ने तथा विधान संशोधन समेत गरिने एनआरएनएकी प्रवक्ता रञ्जु वाग्लेले बताइन्।

दुई वर्षे कार्यकालका लागी नेतृत्व छान्ने निर्वाचन प्रक्रिया भने सोमवार शुरु हुने छ । बन्दसत्रमा आर्थिक प्रतिवेदनमाथि छलफल गरेर त्यसलाई पारित गरेपछि विधान संशोधन माथी छलफल हुने बताइएको छ ।
अध्यक्षमा ३ प्रतिस्पर्धी
संघको अध्यक्ष पदका लागि भवन भट्ट, जमुना घले र टिबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । भट्ट जापानमा सफल व्यवसायीका रुपमा परिचित छन् भने घले पुर्व अध्यक्ष एवं विश्वकै धनी मध्येका पर्ने सफल व्यवसायी एवं समाजसेवी शेष घलेकी श्रीमती हुन् ।
सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी छन् । एनआरएनए निर्वाचन समितिले प्रकाशन गरेको कार्यतालिका अनुसार आइतबार अपरान्ह ३ बजेदेखि सोमबार विहान साढे ८ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने छ ।

सोमबार विहान साढे ९ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुने र साढे ९ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारको मनोनयन उपर दावी विरोधको लागि समय तोकिएको छ । विहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ता र छानविनको लागि समय तालिका तय गरिएको छ । यस्तै मध्यान्न १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितीले जनाएको छ । अपरान्ह १ बजेदेखि ६ बजेसम्म मदतान हुनेछ ।
मतदान सम्पन्न भएको १ घण्टापछि मतगणना गरिने र भोलि बेलुका ८ बजे सम्म मतपरिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।

जसले उम्मेदवारी घोषणा गरे :

उक्त नयाँ कार्यसमितिका लागि अहिले सम्म अध्यक्ष त्रिपक्षीय प्रतिश्प्रर्धा हुने भएको छ । जसमा उपाध्यक्ष भवन भट्ट, आइसीसी सदस्य जमुना घले र पूर्व उपाध्यक्ष टिवी कार्कीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । टिवी कार्की २०१५ को सातौं विश्व सम्मेलनमा पनि अध्यक्षमा उठेका थिए । उनका प्रतिश्प्रधी शेष घलेबाट उनी पराजित बनेका थिए । कार्कीले पुन : २०१७– ०१९ का लागि उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्षमा –कुमार पन्त जर्मनी, युकेबाट कुल आर्चाय, अमेरिकाबाट सोनाम शेर्पा, खगेन्द्र जीसी, कतारबाट नरेन्द्र भाट, पुष्प थापा जर्मनी, चिरन्जीवि थापा जापान तथा महिला उपाध्यक्षमा वर्तमान महिला संयोजक सपिला राज भण्डारी र वर्तमान प्रवक्ता रन्जु वाग्ले थापा अष्ट्रेलियाले उम्मेदवारी दिएको घोषणा गरेका छन् ।

महासचिवमा–रसियाबाट डा.बद्री केसी, हङकङबाट त्रिलोक (यम) गुरुङ, अर्जुन कुमार श्रेष्ठ बेल्जियम,डा.केशव पौडेलअमेरिका र सुमन थापा डेनमार्क ।

सचिवमा-डिबी क्षेत्री ओमान, सन्तोष भट्टराई जर्मनी, विश्वासदिप तिगेला बेलायत, जानकी गुरुङ बेल्जियम, डा. देवि बस्नेत कोरिया, महेन्द्र लम्साल  र गणेश केसी अष्ट्रेलिया  ।

कोषाध्यक्षमा–हिक्मत थापा नाइजेरिया र   मुछेत्र गुरुङ युके ।

सहकोषाध्यक्षमा–सोम सापकोटा डेनमार्क, रामचन्द्र खरेल अमेरिका, दिपक खरेल स्पेन र डिल्ली भट्टराई अमेरिका ।

महिला संयोजकमा–रजनी प्रधान बेल्जियम र भोमा लिम्बु अष्ट्रेलिया ।

महिला सहसंयोजकमा– जुनु गुरुङ कोरिया  ।

युवा संयोजकमा–लोकराज शर्मा डेनमार्क, कुमार जोशी (केदार) र दिपक वली इजरायल, सुदन थापा जापान, सुदीप कार्की मध्यपूर्व र स्वतन्त्र प्रताप शाह अष्ट्रेलिया ।

युवा सहसंयोजक–राज कुमार बस्नेत, बहराइन

युरोप संयोजक-थर्क सेन युके, हरि पौडेल नेदरल्याण्ड, सुरेन्द्र प्रधान जर्मनी, दावा गेल्जे शेर्पा जर्मनी, गंगाधर गौतम बेल्जियम, प्रेम गुरुङ बेल्जियम, डा.विनय कुमार श्रेष्ठ स्विटजरल्याण्ड, शिव वरुवाल बेल्जियम, बाबुराजा मर्हजन न्युजिल्याण्ड र सुवास पोखरेल युके ।

युरोप उपसंयोजक-शुक्रराज न्यौपाने आायरल्याण्ड, धर्म गुरुङ स्विटजरल्याण्ड, भीम कमल केसी पोर्चुगल हेमन्त सेढाई पोर्चुगल, संजयदेव श्रेष्ठ इटाली, नेत्र मगर बेल्जियम, एकराज गिरी स्पेन, विजन भट्ट युके, गोविन्द गौतम रसिया, मिन बहादुर जिसी, फ्रान्स र चिज कुमार श्रेष्ठ, बेल्जियम ।

एसिया प्यासेफिक संयोजक-गोविन्द श्रेष्ठ, किरण विक्रम थापा जापान, भवानी तिवारी मलेसिया,
एसिया प्यासेफिक उपसंयोजक–पारसमणि पोखरेल जापान, विनोद कुँवर कोरिया, रमेश तिवारी मलेसिया, केपी सिटौला कोरिया,
मध्यपुर्व संयोजक-आरके शर्मा कतार, धर्मराज गिरी कुवेत, धरम केसी साउदी ।

मध्यपुर्व उपसंयोजक- गोपाल कंडेल युएई, सुजन केसी कुवेत, हंशराज ढकाल र प्रविण गुरुङ कतारबाट ।

ओशियाना संयोजक-धर्मराज अधिकारी अष्ट्रेलिया

अफ्रिका संयोजक-सुनिल कार्की निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

अमेरिकाज क्षेत्रिय संयोजकमा-यसी शेर्पा अमेरिका, गिरी बुढाथोकी क्यानडा, श्री पराजुली अमेरिका र गौरीराज जोशी अमेरिका ।
अमेरिकाज क्षेत्रिय सहसंयोजकमा-शिव कुमार राई अमेरिका, नविन शेरचन अमेरिका, दिल श्रेष्ठ अमेरिका र शंकर खड्का अमेरिका

ओसियाना संयोजकमा–धर्मराज अधिकारी अष्ट्रेलिया र प्रेम सापकोटा ।

युरोप क्षेत्रीय युवा संयोजक– संगीता मरहठ्ठा युके
अमेरिकाज क्षेत्रीय युवा संयोजकमा–संगीता लम्साल अमेरिका
अमेरिकाज क्षेत्रीया युवा उपसंयोजकमा–डा वर्षा मोक्तान,अमेरिका

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी