सिट विनै परिवार दल एमालेको सुर्य चिन्ह लिएर चुनाव लड्ने

201 Hits

काठमाडौं, २१ असोज ।
निर्वाचनमा पाउने सिटको टुंगो नलागे पनि नेपाल परिवार दल आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको सुर्य चिन्हमा निर्वाचन लड्ने भएको छ ।
एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा भएको सहमति अनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन लड्ने भएको हो ।

दुई पार्टीबीच तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् । तर, परिवार दललाई दिइने प्रत्यक्ष र समानुपातिकतर्फको संख्या उल्लेख गरिएको छैन ।

सिट संख्या सहमतिमा टुंगो लगाउने तथा देशभर एमाले उम्मेदवारलाई जिताउन परिवार दल सक्रिय भएर लाग्ने सहमतिमा उल्लेख छ । यस्तै, निर्वाचनपछि बन्ने संसद्मा परिवार दलले एमालेको ह्वीप मान्ने सहमति पनि भएको छ

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी