अन्ततः प्रदेश सभा र केन्द्रीय निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय

159 Hits

काठमाडौं, १४ भदौ
अन्ततः प्रदेश र केन्द्रीय निर्वाचन २ चरणमा हुने भएको छ । निर्वाचन आयेगले एकै चरणमा दुबै निर्वाचन गर्न सम्भव नहुने बताईरहँदा राजनीतिक दलहरुको दवावका कारण एकै चरणमा गर्ने गरी मंसीर १० गतेका लागि दुबै तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो । आज बसेको मन्त्री परिषदको बैठकले प्रदेश सभा र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको  मन्त्रिपरिषद् बैठकले  मंसिर १० र मंसिर २१ गरी दुई चरणमा गर्ने निर्णय गरेको  सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले जानकारी दिए ।   यसअघि सरकारले मंसिर १० मा एकैपटक दुई चुनाव गर्ने निर्णय गरेको थियो ।

दुई चरणमा चुनाव गरिने भएपनि कुन जिल्लामा कुन चरणमा गर्ने भन्नेबारे चाहि स्पष्ट पारिएको छैन । निर्वाचन आयोगसँग  परामर्शको आधारमा सोबारे थप निर्णय लिइने बस्नेतले बताए ।

बस्नेतले प्रदेश प्रमुख र प्रदेशको राजधानीबारे राजनीतिक सहमतिको आधारमा राजनीतिक समितिले निर्णय गर्ने  बताए ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा विपद आयोग गठन गर्ने पनि बैठकले निर्णय गरेको छ । जुन  संवैधानिक परिषदबाट सिफारिस गर्ने निर्णय भएको छ ।

बैठकले एसियाली विकास बैंकबाट  भन्सार सुधार तथा आधुनिकीकरणका लागि प्राप्त  १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै केही प्रहरी बरिष्ठ उपरिक्षक पद खारेज गरी प्रहरी नायक महानिरिक्षक पदको दरबन्दी सृजना गर्ने बारे पनि छलफल भएको छ । तर, निर्णय भइनसकेको सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए ।

चार सचिवको सरुवा 

बैठकले चार जना सचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ ।  भूमिसुधारबाट आपूर्ती मन्त्रालयमा कृष्णराज देवकोटालाई लाने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । त्यस्तै, भूमिसुधारमा शम्भु कोइराला, खानेपानी तथा सरसफाई मन्त्रालयमा कृष्णराज बिसी र पर्यटन मन्त्रालयमा महेश्वर न्यौपानेलाई सरुवा गरिएको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी