जितपुरसिमरा उपमहानगर हाँक्ने तयारीमा माओवादीका राजन, कांग्रेस एमाले अझै छलफलमै

1034 Hits

काठमाडौं,  भदौ/
निर्वाचन आयोगले प्रदेश नं २ मा असोज २ गतेका लागि स्थानिय तहको निर्वाचनको घोषणा गरिसकेको छ । संविधान संशशोधन विधेयक सदनमा निर्णयार्थ पेश गरेर पराजित भइसकेपछि मधेशी दलहरुको समुह राजपा पनि निर्वाचनमा जान तयाार देखिएको थियो । त्यसपछि मधेशमा चुनावी सरगर्मी बढेको छ । प्रमूख राजनीतिक दलहरुमध्ये सत्तारुढ नेकपा माओवादी केन्द्रले आफ्ना उमेदवारहरुको टुंगो लगाइकेको छ । भने अन्य दलहरुले उमेद्वार टुंगो लगाइसकेका छैनन् ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार रहेका राजन पौडेल अत्यन्त सरल, मिजासिला र इमान्दार नेताको रुपमा परिचय बनाएका युवा हुन् ।  स्नातक सम्म अध्ययन गरेका पौडेल माओवादी जनयुद्धका क्रममा काठमाडौं उपत्यकामा विद्यार्थी र भुगोल पार्टीमा सक्रिय थिए ।

पौडेल माओवादी जनयुद्धको क्रममा पटक पटक प्रहरीले गिरफ्तार गरी यातना र जेल नेल समेत भोगेका संघर्षशील नेता हुन् । विचारमा स्पष्ट, राजनीतिमा नैतिक, स्वभावमा इमान्दार र समाजमा अत्यन्त राम्रो छवी बनाएका पौडेलले आफू निर्वाचनमा विजयी हुने बताएका छन् ।

पुर्खा पहाडि मूलका भएतापनि निरन्तर मधेशमै वासोवास र राजनीति गरेकाले उनलाई स्थानिय पहाडि र मधेसी दुबै समुदायले अत्यन्त स्नेह गर्ने गरेको सिमरा विमानस्थल नजिक व्यवसाय गर्ने महिलाहरुले बताए । युवा नेता पौडेलले माओवादी नेता मात्रै नभई सबै दल र समुदायलाई समेटेर नेतृत्व गर्न चाहेको बताएका छन् ।

माओवादी केन्द्रले मेयरको उम्मेदवारी टुंगो लगाएपछि अहिले पौडेल सबै वडाहरुमा माहौल पक्षमा पार्ने लागिपरेका छन् ।
पौडेल सबै वडाहरुमा मतदाता माझ पुगिसकेका छन् । मतदाताबाट राम्रो रेस्पोस आइरहेको छ, पौडेलले भने – ‘म अत्यन्तै उतसाहित छु फेरी पनि मतदानको कुरा हो’  विशेष गरेर उनले आफ्ना र पार्टीका एजेण्डाहरु मतदातासमक्ष राख्ने गरेको बताए । उनले सिमरा विमानस्थललाई अन्त्राष्ट्रिय विमानस्थल बनाउने, फास्ट ट्रयाकलाई नेपालले नै बनाउने कार्यका युवाहरुको दवावमूलक परिचालन गराउने, सिमरालाई उपमहानगर बनाउने र स्थानिय विकास निर्माण अधिकांश आयोजनाहरको अगुवा बनेर नेतृत्व गरिसकेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रका शिक्षक, कर्मचारी, वुद्धिजीवि, मजदुरलगायत सबैसँग सर्वपक्षीय छलफल गरिसकेका छन् । उनले वडाका सबै वडा अध्यक्षहरुसँग पनि व्यापक छलफल गरिरहेका छन् । विशुद्ध पार्टी भन्दा माथि उठेर म उपमहानगरको विकासमा आफूलाई समर्पीत गर्नेछु, उनले मुलखबरसँग भने त्यसोका लागि मतदाताहरुको साथ चाहिन्छ । उनले आफूले जितेपछि आफ्नो व्यवहार हेर्न मतदातालाई आग्रह गरेका छन् । मतदाताको घरघरमा पुग्दा उनीहरुले सबैलाई समेट्न आग्रह गरेका छन् ।

तपाई अघि बढ्नुस र सबै पक्षलाई समेट्नुस् भनेका छन् । विशेष गरी जीतपुर सिमरा उपमहानगरपालिकाको जनताको हितमा काम गर्ने छु । दीर्घकालिन र अल्पकालिन योजना बनाएर काम गरिरहेको छु । योजनामात्रै होइन, कार्यान्वयन पनि गरेर देखाउँछु उनले भने ।

जीतपुर सिमरा उपमहानगरपालिकामा अन्य राजनीतिक दलको उम्मेदवार हालसम्म टुंगिएको छैन । नेपाली काँग्रेसको तर्फबाट तीन जनाले आफ्नो उम्मेदवारी दावी गरिरहेका छन् । हालका नगर सभापति श्यामबाबु गुप्ता, व्यवसायी ओमकृष्ण कार्की र अर्का नेता कृष्णवर्त सिंह टिकट पाउने दावीमा छन् । एमालेका तर्फबाट देवनारायण चौधरी, कृष्ण पौडेल र भरत खड्का टिकट पाउने लाइनमा छन् । राप्रपाबाट सोमराज उप्रेतीको निर्णय भइसकेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी