राजपा नेता राजकिशोर यादवले आफ्नै श्रीमतीसँग यस्तो गरेपछि……

211 Hits

काठमाडौं  ।

अरू नेता चुनावको चटारोमा रहँदा मधेसका एउटा नेता भने घर बिक्री नहुँदा चिन्तामा छन् । राजपाका अध्यक्षमण्डलका अध्यक्षसमेत रहेका राजकिशोर यादवलाई अहिले आफ्नै घर घाँडो भएको छ ।

निकटवर्तीसँग उनले गौरीघाटमा आफू बस्दै आएको घर डेराको भन्दै ढाँट्दै आएको भए पनि सो घर उनी सञ्चारमन्त्री भएपछि खरिद गरेका थिए ।

दुईतले उक्त घर अहिले उनलाई घाँडो हुनुको कारण हो त्यो घर उनको श्रीमतीको नाममा छ । घर मात्र होइन, गाडी पनि श्रीमतीको नाममा छ ।

कुनै समय श्रीमतीकै कारण जोगी झैं हिँड्ने यादव अझै पनि श्रीमतीप्रति पूर्णतः विश्वस्त छैनन् । उनीनिकट सूत्रका अनुसार श्रीमतीले छाडेर गएको खण्डमा पार्टी त सिद्धिन्छ नै आफ्नो सर्वश्व नै सकिन्छ । त्यही कारण यादव सकभर छिटो श्रीमतीको नाममा रहेको गौरीघाटको उक्त घर बेचेर नयाँ खरिद गर्न चाहन्छन् र सिफ्ट हुन खोजिरहेका छन् ।

तर, भन्नेबित्तिकै खोजेको स्थानमा घर नभेट्दा र आफ्नो घर नबिक्दा यादव तनावमा छन् । उनी अहिले सो घर बेचेर उपत्यकाभित्रै सकेसम्म भक्तपुरतिर गतिलो स्थानमा घर खोजिरहेका छन् ।

उनले धेरैसँग भनसुन पनि गरिसकेका हुन् । तर, कतैबाट तार लागेको छैन । न त श्रीमतीको नाममा भएको घर नै बिक्छ भनेजस्तो स्थानमा नभेटेका कारण छटपटीमा छन् । – जनआस्था साप्ताहिक

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी