सद्भावना पार्टीका संस्थापक महामन्त्री अनिस अन्सारी माअाेवादी केन्द्रमा प्रवेश

91 Hits

जनकपुर, १३ भदौ
सद्भावना पार्टीका महामन्त्री अनिस अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जनकपुरमा भएको एक कार्यक्रम बीच अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अन्सारीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्दै अन्सारीले देशको हित चाहने, जनताको मुक्ति चाहने र मधेशको हितमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताए ।

ूमाओवादी केन्द्र नभएको भए यो देशमा गणतन्त्र नै आउने थिएन, नेता अन्सारीले भने, माओवादी नभएको देशमा गणतन्त्र नै आउने थिएन, सबैले अधिकारको कुरा गर्ने आँट गर्दैनथे। माओवादी नभएको भए देशको एकता पनि कठिन थियो।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५ सय वढि नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 

Related News

Comments are closed