युएइमा सापकोटा दम्पत्ती मृत अवस्थामा भेटिए

149 Hits

युएई  ।

युएइमा कार्यरत चितवनका एक दम्पत्तीको रहस्यमय तरिकाले मृत्यु भएको छ । युएइको दुबईमा कार्यरत चितवनको रत्ननगर बछौलीका पर्शुराम सापकोटा र उनकी श्रीमती कल्पना सापकोटा शनिबार साँझ मृत अवस्थामा भेटिएका हुन ।
शुक्रबार साँझ डेरादुवइमा रहेको आफ्नै कोठामा सुतेका उनीहरु अर्कोदिन शनिबार मृत अवस्थामा भेटिएको स्थानीय प्रहरीले जनाएको छ । कल्पनाको घाँटी रेटिएको र पर्शुराम  झुण्डिएको अवस्थामा फेला परेका थिए ।
तीनवर्ष अघि युएइ पुगेकी कल्पनाले नै भिसाको व्यवस्था गरिदिएपछि पर्शुराम केही समय अघिमात्र युएइ पुगेका थिए । कल्पनाका दाइ नवराज दवाडी पनि युएयमै कार्यरत रहेको बताइएको छ ।
कल्पना अलशाया कम्पनीको दुवई मलमा रहेको चिजकेक फ्याक्ट्रीमा रेष्टुरेण्टमा कार्यरत थिइन् भने पर्शुराम होटलमा कुक सहयोगीको रुपमा कार्यरत रहेको बताइएको छ । उनीहरुका दुई छोरा रहेका छन् ।

मृतकको शव डेरादुवई प्रशासनले लगेको छ । उनीहरुको मृत्युका कारणबारे थप अनुसन्धान भइरहेको छ । यसबारेमा नेपाली दूतावास आबुधाबीमा जानकारी नआएको प्रवक्ता कृष्ण अर्यालले जानकारी दिनुभयो ।-संसारन्युज बाट

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी