आज बाट गौरा पर्व शुरु, सुदुरपश्चिममा उत्साह, देशभर सार्वजनिक बिदा

116 Hits

काठमाडौं, १३ भदौ
आजबाट गौरा पर्व शुरु भएको छ । विशेष गरेर सुदूरपश्चिममा मनाईने गौरा पर्वको उत्साह उत्कर्षमा पुगेको छ। भदौ सप्तमीका दिन सोमबार बेलुकी गौराघर र मन्दिरमा परम्परागत रुपमा गौरा भित्र्याएपछि यो पर्व शुरु भएको हो ।

व्रत बसेका महिलाले धान, साउँ, कुश लगायतका वोटविरुवा प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याएका हुन्। घर नजिकको खेतमा गई सामूहिक रूपमा ‘फाग’ (गौरा भित्र्याउँदा गाइने लोकलय) गाउँदै यो प्रतिमा तयार पारिने गरिन्छ । गौरा भित्र्याइसकेपछि दैनिक व्रतालु महिलाले गौरी भगवती र महेश्वर (शिव) भगवानको पूजा अर्चना गर्ने गर्दछन्।

पूजामा व्रतालु महिलाहरूको सहभागिता हुन्छ। पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँच थरिका गेडागुडी)को विशेष महत्व रहन्छ। ‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा रहेको छ।
पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन छ र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत रहँदै आएको छ।

गौरा पर्वको अवसरमा मंगलबार नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी