मधेशको मित्र र देशलाई एकतावद्द गर्ने पार्टी माओवादी नै हो- प्रचण्ड

254 Hits

विराटनगर, १२  भदौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘मधेशमा माओवादी केन्द्रप्रति लहर आएको बताएका छन् ।
१ नम्वर प्रदेशको पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भने ‘११ वर्षपछि मधेशमा जागरण आएको छ। ११ वर्षअघि गौर हत्याकाण्ड घटाएर मधेशमा माओवादीलाई संघीयता विरोधी भ्रामक प्रचार गरे। अहिले परिस्थिति बदलिएको छ, मधेशको मित्र, देशलाई एकतावद्द गर्ने पार्टी माओवादी नै हो भन्ने स्थापित हुँदैछ, यो हाम्रा लागि खुसीको कुरा हो। जति सुकै षडयन्त्र गरे पनि एकदिन सत्य स्थापित हुने रहेछ, त्यो प्रमाणित हुँदैछ।

प्रचण्डले विचार, राजनीति र नेतृत्वमा जिते पनि भद्रगोल संगठनका कारण चुनावी परिणाममा हारेकाले संगठनलाई सवल र शक्तिशाली बनाउनेका माथिबाटै शुरु भएको बताएका छन ।

१ नम्वर प्रदेशको पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले विचार, राजनीति र नेतृत्वमा त जित्यौं। तर, संगठन र चुनावी परिणाममा जित्न सकेनौं, त्यसको मूख्य कारण भद्रगोल संगठन हो। अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं। हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं। अब चुस्त संगठन बनाएर अघि बढ्छौं।’

‘माओवादी केन्द्रबाट अलग हुने शक्तिहरुलाई जनताले रुचाएनन्। वैद्यजी, विप्लवजी, बाबुरामजी पनि चुनावमा जानुभयो, जनताले माओवादी केन्द्रमै जाउ भन्ने जनमत दिए ।’ प्रचण्डले भने, ‘हामीलाई पनि तिमीहरुले अहङ्कार नगर, सबैलाई मिलाउ भन्ने जनमत दिए। धेरै साथीहरु आई सक्नुभएको छ, अब नेताहरु पनि आउनुपर्छ, नत्र उहाँहरुको पनि भविष्य छैन।’

माओवादीका कारण देशको एकता र समृद्धि सम्भव भएको प्रचण्डले बताउनु भयो। उनले भने, ‘एकभरि मान्छेहरु माओवादीले बिगार्न र भत्काउन मात्र सिपालु छ भन्ने ठान्थे। तर, हामीले १० महिनामा त्यो भ्रमलाई पुरै गलत साबित गर्यौं। हामीले देशलाई एकतावद्द गर्यौं, हिमाल, पहाड र मधेशलाई मिलायौं। छिमेकीसँग सन्तुलित संविधान बनायौं, संविधान कार्यान्वयन गर्यौं, स्थानीय तह बनायौं, चुनाव गर्यौं। आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो, मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाहरुले गति लिए, यो सामान्य कुरा हुँदै होइन।’

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी