संविधान संशोधनको विषय भारतलाई जानकारी गराउनु स्वभाविक- प्रधानमन्त्री देउवा

111 Hits

काठमाडौं, १२ भदौ

प्रधानमन्त्री शेरबहादुर देउवा नेपालको संविधान संशोधनको विषयमा भारतलाई जानकारी गराउनु स्वभाविक नै भएको बताएका छन्।

सोमबार व्यवस्थापिका संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले राष्ट्रिय मुद्दा र चासोको विषय अन्तराष्ट्रिय समूदाय र छिमेकीलाई जानकारी गराउनु अस्वभाविक नभएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा नेपालको संविधान शंसोधन बारे अनावश्यक कुरा गरेको भनेर नेपालमा विरोध भएपछि संसदमा जवाफ दिंदै यसो भनेका हुन् । उनले भने,‘नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संस्थागत गर्न आएका छिकेकी राष्ट्र र अन्तराष्ट्रिय समूदायबाट जिज्ञासा राख्नुलाई नजायज भन्न मिल्दैन।’ उनले संविधान संशोधनमा छिमेकी र अन्य राष्ट्रको हस्तक्षप स्वीकार्य नहुने स्पष्ट पारे।

संविधान संशोधनका विषयमा हामीले गरेको प्रयासबारे संयुक्त पत्रकार सम्मेलनमा बोलेको भन्दै प्रधानमन्त्री देउवाले उक्त विषयलाई अतिरञ्जित गरिएको बताए। ‘संविधान संशोधका विषयमा मैले बोलेका कुराहरुबारे राजनीतिक दलबाट व्यक्त विचार तथा सञ्चारमाध्यममा आएका टिप्पणीरुबारे मेरो ध्यानाकर्षण भएको छ।’

आफ्नो भ्रमणलाई भारत उच्च प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा आफूले राष्ट्रको शीर निहुराउने कुनै पनि खालका सम्झौता नगरेको दावी गरे।

उनले आफ्नो भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ बन्दै गएको भन्दै नेपालको विकास र समृद्धिप्रति भारतीयहरुको सद्भाव रहेको बताए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी