अखिल क्रान्तिकारीले निर्वाचनमार्फत नेतृत्व छान्ने, (निर्वाचनको कार्यतालिका)

210 Hits

काठमाडौं, ११ भदौ

अखिल(क्रान्तिकारी) ले आफ्नो नेतृत्व छनौट गर्न निर्वाचनको विधि अपनाउने भएको छ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वको लागि आकांक्षीहरु धेरै भएपछि निर्वाचनमा जाने भएको हो । प्रजातान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गर्ने सुझाव नेता तथा प्रतिनिधिहरुबाट आएकाले निर्वाचनमै जान खोजिएको हो संगठनका प्रबक्ता सुरेन्द्र बस्नेतले भने – हामी अत्यन्त प्रजातान्त्रिक र सोहार्दपूर्ण तवरले निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गछौं, प्रतिनिधि साथीहरुले जसलाई जिताउनुहुन्छ त्यसलाई सबैले स्वीकार गर्छौं ।
को २१ औं राष्ट्रिय सम्मेलनमा संगठनको राजनीीतक प्रतिवेदन तथा विधान सर्वसम्मतले पारित भएको छ । विघटित कमिटीका अध्यक्ष नरेन्द्र नयौपानेद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विधान मस्यौदा प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

निवाचन समितिले नेतृत्व चयन प्रकृया अघि वढाइसकेको छ । आज मतदाता नामावली प्रकाशित हुनेछ र भोलि निर्वाचन हुनेछ । निर्वाचनमा कुल २०३४ मतदाता रहेका छन्।

भावि नेतृत्वका लागि विद्यार्थीका उपाध्यक्षहरु रामचन्द्र अधिकारी, अनिल शर्मा, सुरेन्द्र बस्नेत, रञ्जीत तामांग लगायतले छलफल अगाडि वढाएका छन् । अधिकारी चितवनका हुन् उनी एमालेबाट विद्रोह गरी जनयुद्धमा सामेल भएका र त्यस यता लगातार आन्दोलनमा सक्रिय नेता हुन, शर्मा गृहमन्त्री जनार्दन शर्माका सहोदर भाई हुन् उनी निरन्तर जनयुद्धमा सहभागि भएका र अहिले प्रभावशाली नेताको रुपमा क्रियाशील रहेका छन् । बस्नेत एमालेबाट विद्रोह गरी माओवादीमा आएका हुन् उनी संगठनको प्रबक्ता समेत रहेका छन् र उनका दुई भाइहरु माओवादी जनयुद्धमा सहभागि रहँदा राज्ले गिरफ्चार गरी हाल सम्म वेपत्ता अवस्थामा रहेका छन् । तामांग पुर्वका स्थापित नेता हुन् । अत्यन्त सक्रिय तामांग विद्यार्थी राजनीतिमा प्रभावशाली नेताको रुपमा स्थापित छन् । यस बाहेक अन्य विद्यार्थी नेताहरु विरेन्द्र बस्नेत, पञ्चा सिंह र मदन आले पनि नेतृत्व को लागि आकांक्षी देखिएका छन् ।

कीर्तिपुरमा जारी तेस्रो दिनको बन्द सत्रमा विभिन्न २१ वटा समुहका टोली नेताले राखेका सुझाव र धारणाको जवाफ अध्यक्ष न्यौपानेले दिएपछि हलले सर्वसम्मतिले पारित गरेको थियो।

क्रान्तिकारीको सम्मेलनमा नेतृत्वका लागि उमेरहदको चर्को वहस भएपनि अन्ततस् तत्काल उमेरहद नलगाउने निर्णय भएको

पारित प्रतिवेदनमा अखिल (क्रान्तिकारी)ले स्थापना कालदेखि उठाउंदै आएको जनवादी शिक्षाको चरणवाट अब समाजवादी शिक्षा प्राप्तिमा कार्यदिशा तय गरिएको छ।
संशोधित विधान अनुसार अब क्रान्तिकारीको ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ।

यस्तो छ कार्यतालिका
१ मतदाता नामावली प्रकाशन १२ वजे
२ मतदाता नामावलीमा दावी विरोध पेश गर्ने  १२ देखि २ वजे
३ अन्तिम मतदाता नामावली प्रकाशित गर्ने अपरान्ह ३ वजे
४ उम्मेदवारको लागि मनोनयन पत्र दर्ता (सबै पदका लागि) अपरान्ह ४ बजेबाट बेलुका ७ वजेसम्म
५ उम्मेदवारको सूची प्रकाशन सोमबार विहान ७ ः३० वजे
६ उम्मेदवारको प्रारम्भिक नामावली उपर दावी विरोध ७ ः३० देखि ९ सम्म
७  मनोनयन पत्रको जाँचबुझ र निर्णय गर्ने विहान सोमबार ११ वजे
८ उम्मेदवारको नामावली प्रकाशित गर्ने ११.३० वजे
९ उम्मेदवारको नाम फिर्ता लिने समय १२ बजे
१० उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने बेलुका ५ वजे
११ मतदान मिति भदौ १३ गते विहान ९ बजे देखि ४ वजेसम्म । 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी