संविधान संशोधनबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन – प्रचण्ड

308 Hits

काठमाडौं, ९ भदौ/

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन नेपालको आन्तरिक विषय भएकाले यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक नभएको बताएका छन् ।

माओवादी केन्द्र प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रमका लागि सुर्खेतपुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पत्रकार भेटघाटमा बोल्दै उक्त धारणा सार्वजनीक गरेका हुन् ।
प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थीरता दिने बताएका छन् ।माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि अभियान चलाउने उनले जानकारी दिए ।

पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताए । प्रचण्डले भने, ‘जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन । माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ।’

संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने बताए । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाईप्रति ईङ्गित गर्दै प्रचण्डले भन्, ‘भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ। अब तत्काल संविधान संशोधन हुँदैन। संविधान संशोधन नेपालको आन्तरिक विषय हो। यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन।’
प्रशिक्षण कार्यक्रममा सहभागि हुन माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल लगायतका नेताहरु काठमाडौंबाट शुक्रबार विहान सुर्खेत पगेका हुन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी