नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धनबारे त्रिविले स्पष्टिकरण

215 Hits

काठमाडौं, ९ भदौ ।
नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धनबारे चौतर्फी आलोचना र विरोध आएपछि त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतको आदेश अनुसार सम्बन्धन दिइएको स्पष्टिकरण दिएको छ । त्रिभुवन विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ ‘त्रिभुवन विश्वविद्यालयबाट २०७० असोज १० मा प्रकाशित सुचनाअनुसार काठमाडौ नेश्नल मेडिकल कलेजले कलेज सञ्चालनका लागि आवाश्यक पुर्वाधार तयार गरेको, मेडिकल काउन्सिलको टोलीले गरेको अनुगमनमा स्वीकृतिका लागि सरकारलाई राय पठाइएको हो ।’

त्रिविले सो कलेजलाई गत साउन १२ गते बसेको त्रिवि सभा तथा कार्यकारी परिषदको बैठकको निर्णयअनुसार शैक्षिक वर्ष २०७४र०७५ देखि एमविविएसका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्बन्धन दिएको थियो ।
त्रिविका निमित्त कार्यकारी सचिव रामेश्वर ढुंगेलद्धारा हस्ताक्षरीत विज्ञप्तीमा सर्वोच्च अदालतले २०७१ भदौ ३१ गते परमादेशमार्फत निर्देशन दिए बमोजिम सम्वन्धन दिइएको उल्ल्ेख छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी