देउवाले भारत गएर बोल्दा नेपालमा बबाल, के बोले देउवाले ?

421 Hits

काठमाडौं, ९ भदौ
नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा दक्षीणी छिमेकी देश भारतको औपचारिक भ्रमणमा छन् । साताव्यापी राजकीय भ्रमणमा भारत नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँगको भेट पश्चात भएको संयुक्त पत्रकार सम्मेलनमा व्यक्त गरेको कुराले नेपालमा बबाल भएको छ ।
देउवाले नेपालको संविधान र आन्तरिक मामलाका विषयमा भारतमा बोलेको कुरा गम्भीर मात्रै नभई नेपालको राष्ट्रियता र हित विपरित भएको भन्दै आलोचना शुरु भएको हो । नेकपा माओवादी केन्द्रका नेता एवं पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो फेसबुक वालमै पोष्ट गरे । उनले प्रधानमन्त्रीले बोलेको कुरा प्रधानमन्त्रीलाई नै थाहा नभई बोलेको जस्तो लागेको टिप्पणी गरेका छन् ।
हेर्नुहोस उनको पोष्ट ।

देउवाले मोदी सँगको पत्रकार सम्मेलनमा हाम्रो संबिधानका बारेमा बोल्नु भएको कुराले नेपाल र नेपालीकोअपमान गरेको छ।प्रमलाई थाहा छ के बोल्नुभो ?

भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदराबाद हाउसमा बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सबैलाई स्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको बताएका थिए । उनले प्रमूख प्रतिपक्षी एमालेको कारणले गर्दा संसोधन प्रस्ताव पास हुन नसकेपनि अब दुई तिहाई पुर्याएर संशोधन गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘हामीले संविधान संशोधन गर्न प्रयास गर्‍यौं। तर, संसद्मा दुई तिहाइ बहुमत पुर्‍याउन सकेनौं र संशोधन हुन सकेन, म आशा गर्छु भविष्यमा दुई तिहाइ पुग्छ र संविधान संशोधन हुन्छ। त्यसपछि सबैले संविधान स्वीकार गर्नेछन्।
नेपालको संविधान शंसोधन गर्ने की नगर्ने, कसरी गर्ने, नगर्दा के हुन्५, मधेशी समुदाय नैपालकाा कि भारतका जस्ता विषयमा प्रधानमन्त्रीको यति फितलो र अभिव्यक्ति आएको भन्दै नेपालका उनको आलोचना भएको हो ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले नेपाल–भारत सम्बन्धमा संविधानको विषय आइरहनु दुर्भाग्यपूर्ण भएको बताए। ‘संविधान संशोधन पूर्ण रूपले आन्तरिक विषय हो तर यसलाई द्विपक्षीय मामिलाको विषय बनाउनु दुर्भाग्यपूर्ण हो,’ आचार्यले भने, ‘यसबाट बाहिर ननिस्किउन्जेल नेपाल–भारतबीच सम्बन्ध सुध्रिँदैन।’

 

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी