अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन, कस्ले गर्ला नेतृत्व ?

193 Hits

काठमाडौं, ८ भदौ
अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । राजधानीको कार्की पार्टी प्यालेसमा बुधबार शुरु भएको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनको सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले गरेका हुन् ।
यहि भदौ ११ सम्म जारी रहने सम्मेलनको बन्दसत्र त्रिविको समृति भवनमा हुने क्रान्तिकारीले जनाएको छ । ५ दिनसम्म चल्ले सम्मेलनले नयाँ नेतत्व चयन गर्नेछ । १ हजार भन्दा धेरै सदस्य रहेको आयोजक कमिटीलाई सम्मेलन मार्फत सानो र चुस्त दुरुस्त बनाउने संगठनको लक्ष्य छ ।


संगठनको नेतृत्व सकेसम्म सहमतिमा नभए प्रजातान्त्रीक विधिद्धारा चयन गर्ने यस अघि नै विद्यार्थी संगठनले बताइसकेको छ । सम्मेलनलार्य सवस्थ र मर्यादित बनाउन क्रान्तिकारीले आभार संहिता समेत निर्माण गरेको थियो ।

भावि नेतृत्वका लागि विद्यार्थीका उपाध्यक्षहरु रामचन्द्र अधिकारी, अनिल शर्मा, सुरेन्द्र बस्नेत, रञ्जीत तामांग लगायतले छलफल अगाडि वढाएका छन् । अधिकारी चितवनका हुन् उनी एमालेबाट विद्रोह गरी जनयुद्धमा सामेल भएका र त्यस यता लगातार आन्दोलनमा सक्रिय नेता हुन, शर्मा गृहमन्त्री जनार्दन शर्माका सहोदर भाई हुन् उनी निरन्तर जनयुद्धमा सहभागि भएका र अहिले प्रभावशाली नेताको रुपमा क्रियाशील रहेका छन् । बस्नेत एमालेबाट विद्रोह गरी माओवादीमा आएका हुन् उनी संगठनको प्रबक्ता समेत रहेका छन् र उनका दुई भाइहरु माओवादी जनयुद्धमा सहभागि रहँदा राज्ले गिरफ्चार गरी हाल सम्म वेपत्ता अवस्थामा रहेका छन् । तामांग पुर्वका स्थापित नेता हुन् । अत्यन्त सक्रिय तामांग विद्यार्थी राजनीतिमा प्रभावशाली नेताको रुपमा स्थापित छन् । यस बाहेक अन्य विद्यार्थी नेताहरु विरेन्द्र बस्नेत, पञ्चा सिंह र मदन आले पनि नेतृत्व को लागि आकांक्षी देखिएका छन् ।


बन्दसत्रमा सकेसम्म सहमतिमा नेतृत्व चयन गरिने नभए आफूहरु प्रजातान्त्रिक प्रक्रियामार्फत अगाडि वढ्न पनि तयार रहेको आकांक्ष्ी अधिकारीले बताए ।
सो संगठनले निर्वाचनलाई मर्यादित र व्यवस्थित गर्न आचारसंहिता समेत जारी गरेको छ ।

‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान,सुदृढ संगठनका लागि एकताको २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने मुल नाराका साथ हुने सम्मेलनमा २०७६ जना प्रतिनिधि सहभागि भएका छन्। निर्वाचन सम्पन्न गर्न क्रान्तिकारीले संगठनका पुर्व अध्यक्ष रमेश मल्लको संयोजकत्वमा पुर्व अध्यक्षहरु रत्न ढकाल, सन्तोष विष्ट र विष्णु खनाल रहेको निर्वाचन समिति गठन गरेको थियो।

सम्मेलनले ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी